Skip to main content

अभिभावक संघले निजी विद्यालय शुल्कमा तीन प्रतिशत कर पुनर्विचार गर्न माग गर्यो

अभिभावक संघ नेपालले निजी विद्यालयको शुल्कमा तीन प्रतिशत कर लगाउने सरकारी निर्णयलाई पुनर्विचार गर्न आग्रह गरेको छ। सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत निजी विद्यालयका विद्यार्थीको शुल्कमा तीन प्रतिशत कर लगाउने घोषणा गरेको थियो। यस अतिरिक्त करले निजी विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकहरूलाई थप आर्थिक दबाबमा पार्ने संघले जनाएको छ। १८ जेठ, काठमाडौं।

अभिभावक संघ नेपालले निजी विद्यालयमा विद्यार्थीहरूको शुल्कमा लागू हुने तीन प्रतिशत करको निर्णय पुनर्विचार गर्न जोडदार माग गरेको छ। सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत तीन प्रतिशत कर लगाउने घोषणा गरेको थियो। संघले जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘विद्यार्थीको शुल्कमा तीन प्रतिशत कर लगाउने निर्णयले हाम्रो गम्भीर ध्यानाकर्षण पाएको छ। शिक्षा राज्यको दायित्व हो, तर सामुदायिक विद्यालयप्रति विश्वास नलागेर आफ्ना सन्तानको गुणस्तरीय शिक्षाका लागि बढी शुल्क तिरेर निजी विद्यालय पठाउने लाखौं अभिभावकहरूलाई अतिरिक्त तीन प्रतिशत करले थप आर्थिक भार पर्ने कुरा स्पष्ट छ।’

निजी विद्यालयको अत्यधिक शुल्क र त्यसमा थप गरिएको करको बोझले अभिभावकहरू थप दबाबमा पर्ने भएकाले अभिभावक संघ नेपालले उक्त निर्णय पुनर्विचार गर्न माग गरेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ