Skip to main content

सन्दीप लामिछाने टी-२० बलिङ र्याङ्किङमा तीन स्थानले घटे

नेपाली लेग स्पिनर सन्दीप लामिछाने आईसीसी टी-२० बलिङ र्याङ्किङमा तीन स्थान तल झरेर ५८औं स्थानमा आइसकेका छन्। बुधबार आईसीसीले प्रकाशित नयाँ र्याङ्किङ अनुसार सन्दीपको स्थिति तीन स्थानले तल गएकाे छ भने उनको रेटिङ अंक ५२५ मा रहेको छ।

त्यसै गरी नेपालको टोलीका दीपेन्द्रसिंह ऐरी बलिङ र्याङ्किङमा चार स्थान तल झरेर ७७औं स्थानमा पुग्नुभएको छ। अलराउन्डर र्याङ्किङमा पनि उनी एक स्थान तल गएका छन्। सिंगापुरमा जारी एसियन गेम्स छनोट अन्तर्गत आइतबार चीनसँगको खेलमा सन्दीपले ४ ओभर बलिङ गरी २९ रन खर्चिएर २ विकेट लिए भने, दीपेन्द्रले उक्त खेलमा कुनै विकेट लिन सकेनन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ