Skip to main content

कर्तव्य ज्यानका फरार प्रतिवादीलाई पक्राउ गरियो

२१ जेठ, काठमाडौं । कर्तव्य ज्यान मुद्दामा फरार रहेका प्रतिवादीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–८ का २८ वर्षीय दिवस भनिने दिप्सन चौधरी रहेका छन्। उनलाई इलाका प्रहरी कार्यालय दमले पक्राउ गरेको छ। दिप्सन चौधरीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत झापाले १९ चैत २०७९ मा दोषी ठहर गरेको थियो। उनीमाथि बाँकी रहेका १० वर्ष कैद भुक्तानी गर्न अदालतको आदेशअनुसार उनलाई कारागार पठाइएको प्रहरीले जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ