Skip to main content

म्यानचेस्टर सिटीबाट सर्वाधिक १९ खेलाडी समावेश, अन्य रोचक तथ्यहरू

समाचार सारांश

OK AI द्वारा सिर्जित, संपादकीय समीक्षा अधीन।

  • फिफाले सन् २०२६ को विश्वकपका लागि ४८ देशका १,२४८ खेलाडीहरू समावेश गरेको आधिकारिक सूची सार्वजनिक गरेको छ।
  • अर्जेन्टिनाका लियोनेल मेसी, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र मेक्सिकोका गुइलेर्मो ओचोआ छैटौं पटक विश्वकप टोलीमा चयन भएका छन्।
  • यस विश्वकपमा इंग्ल्यान्डका क्लबहरूबाट सबैभन्दा धेरै २०० खेलाडी र म्यानचेस्टर सिटीबाट सर्वाधिक १९ खेलाडीले प्रतिनिधित्व गर्दैछन्।

२१ जेठ, काठमाडौं – आगामी जुन ११ देखि संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुन लागेको फिफा विश्वकप २०२६ का लागि सबै सहभागी राष्ट्रहरूको अन्तिम टोली सार्वजनिक भइसकेको छ।

फिफाले जुन २ मा ४८ टोलीहरूको आधिकारिक सूची सार्वजनिक गर्‍यो। प्रत्येक टोलीमा २६ खेलाडी रहेका छन् र यस विश्वकपमा कुल १,२४८ खेलाडीहरू सहभागी हुँदैछन्।

विश्वकपमा सहभागी टोलीहरूको संख्या ३२ बाट बढेर ४८ पुगेपछि खेलाडीहरूको संख्यामा पनि उल्लेखनीय वृद्धि भएको छ।

अन्तिम टोली सूची सार्वजनिक भएपछिको विश्वकप खेल्न आउने टोलीका केही विशेष तथ्यहरू यसप्रकार छन्:

२००: इंग्ल्यान्डका क्लबहरूमा खेलिरहेका २०० खेलाडी विश्वकपका विभिन्न टोलीहरूमा समावेश छन्। त्यसैगरी जर्मनीका क्लबबाट १०९, फ्रान्स र स्पेनका क्लबबाट समान रूपमा ८६–८६, इटलीबाट ७१, साउदी अरेबिया बाट ४९, टर्कीबाट ४५, अमेरिकाबाट ४२, नेदरल्यान्ड्सबाट ४६, ब्राजिल र पोर्चुगलबाट ३६–३६ खेलाडी रहेका छन्।

४३: स्कटल्यान्डका गोलकिपर क्रेग गोर्डन विश्वकप टोलीमा समावेश सबैभन्दा वृद्ध खेलाडी हुन्। उनी आउटफिल्ड खेलाडीहरू मध्ये सबैभन्दा जेठो हुँदै विश्वकप खेलनेछन्। इजिप्टका गोलकिपर एसाम अल हादारीले २०१८ मा ४५ वर्षको उमेरमा विश्वकप खेलेका थिए। ४१ वर्षीय क्रिस्टियानो रोनाल्डो यस विश्वकपमा खेल्ने चौथो सबैभन्दा वृद्ध खेलाडी बन्ने क्रममा छन्।

२५: कतार र साउदी अरेबियाको टोलीमा घरेलु लिगका सबैभन्दा धेरै, २५–२५ खेलाडी छन्। कतारका लेफ्ट ब्याक हुमन अहमद स्पेनको क्लबमा छन् भने साउदीका साउद अब्दुल्हामिद फ्रान्समा खेल्छन्। केप भर्डे, डायआर कंगो, आइभरी कोस्ट, कुराकाओ, सेनेगल र उरुग्वेका टोलीहरूमा सबै विदेशी लिगका खेलाडी छन्।

२२: २२ खेलाडीले पहिले पनि फिफा विश्वकप जितिसकेका छन् र उनीहरू २०२६ को विश्वकपमा प्रतिस्पर्धा गर्ने टोलीमा छन्। २०२२ मा कतारमा विश्वकप जितेको अर्जेन्टिना टोलीबाट १७ खेलाडी, २०१४ को विश्वकप विजेता जर्मनीबाट मानुएल नोएर लगायत छन्। फ्रान्सलाई दोस्रो पटक च्याम्पियन बनाउने उसमान डेम्बेले, लुकास हर्नान्डेज, एन’गोलो कान्टे र केलियन एमबाप्पे पनि टोलीमा छनोट भएका छन्।

अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले २०२२ विजेता टोलीका १७ जना खेलाडीहरूलाई थपेका छन्। तीमध्ये थियागो आल्माडा, जुलियन अल्भारेज, रोड्रिगो डे पाउल, एन्जो फर्नान्डेज, एलेक्सिस म्याक एलिस्टर, एमिलियानो मार्टिनेज, लाउटारो मार्टिनेज, लिसान्द्रो मार्टिनेज, लियोनेल मेसी, नाहुएल मोलिना, गोन्जालो मोन्टिएल, निकोलस ओटामेन्डी, एक्सेक्विएल पालासियोस, लिएन्ड्रो परेडेस, क्रिस्टियन रोमेरो, गेरोनिमो रुल्ली र निकोलस टाग्लियाफिको रहेका छन्।

१९: म्यानचेस्टर सिटीबाट सबैभन्दा धेरै १९ खेलाडी विश्वकपका लागि छनोट भएका छन्। यी खेलाडीहरू अल्जेरिया, बेल्जियम, क्रोएशिया, इजिप्ट, इंग्ल्याण्ड, फ्रान्स, घाना, नेदरल्यान्ड्स, नर्वे, पोर्चुगल, स्पेन र उज्बेकिस्तानका राष्ट्रिय टोलीमा छनोट भएका छन्।

त्यस्तै जर्मन क्लव बायर्न म्युनिकबाट १८ खेलाडी, आर्सनल र पिएसजीबाट समान १६, बार्सिलोनाबाट १५, अल हिलाल, एट्लेटिको मड्रिड, क्रिस्टल प्यालेस र म्यानचेस्टर यूनाइटेडबाट प्रत्येक १२ खेलाडी छनोट भएका छन्। बोरुसिया डर्टमन्ड, गालातासारे र लिभरपुलबाट ११–११ खेलाडी छन्।

१७: मेक्सिकोका १७ वर्षीय गिब्लर्टो मोरा यस विश्वकपमा समावेश सबैभन्दा कान्छा खेलाडी हुन्। उनको टोलीका गोलकिपर गुइलेर्मो ओचोआ छैटौं पटक विश्वकप खेल्दैछन्। मोराले यदि यो विश्वकपमा खेले भने उनी कन्काकाफ क्षेत्रबाट विश्वकप खेल्ने सबैभन्दा कान्छा खेलाडी बन्नेछन्।

१३: अर्जेन्टिनाका लियोनेल मेसीले विश्वकपमा अहिलेसम्म सबैभन्दा धेरै १३ गोल गरिसकेका छन् र आगामी विश्वकपमा अझ बढी गोल गर्ने लक्ष्यमा छन्। सबैभन्दा धेरै गोल गर्ने खेलाडी जर्मनीका मिरवस्लाव क्लोज हुन्, जसले १६ गोल गरेका थिए। मेसीसँगै केलियन एमबाप्पेले १२, ह्यारी केन, नेमार र क्रिस्टियानो रोनाल्डोले समान ८–८ गोल गरेका छन्।

६: लियोनल मेसी, गुइलेर्मो ओचोआ र क्रिस्टियानो रोनाल्डोले छैटौं पटक विश्वकप खेल्ने अवसर पाएका छन्। मेसी र रोनाल्डोले पहिले पाँच पटक विश्वकप खेलेका थिए भने ओचोआले तीन संस्करणमा मात्र भाग लिएका थिए।

२.०५: अस्ट्रेलियाका गोलकिपर फ्लोरिन विगेल विश्वकपमा सहभागी सबैभन्दा अग्ला खेलाडी हुन्। उनको उचाइ २.०५ मिटर छ। २०२२ मा नेदरल्यान्ड्सका गोलकिपर आन्द्रेस नोर्पर्ट २.०३ मिटर अग्ला थिए। सन् २०२६ को विश्वकपमा इंग्ल्यान्डका डिफेन्डर डान बर्न र कोलम्बियाका गोलकिपर अल्भारो मोन्टेरो दुवै २.०१ मिटर अग्ला छन्।

१.६०: पनामा टोलीका प्लेयर सेजार यानिस यस विश्वकपमा सबैभन्दा सानो शारीरिक कदका खेलाडी हुन्। उनको उचाइ १.६० मिटर छ। दोस्रो स्थानमा कुराकाओका आक्रमणकारी जेरेमी एन्टोनिस छन्, जसको उचाइ १.६४ मिटर छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ