
नेपालमा विद्युत् महसुलः ‘बिजुलीमा भ्याट’ लागे पनि के इन्डक्शन चुलो ग्यासभन्दा सस्तो पर्छ?
‘बिजुलीमा भ्याट’ लागे पनि के इन्डक्शन चुलो ग्यास चुलोभन्दा सस्तो नै पर्छ? सरकारले हालै ५० युनिटभन्दा बढी बिजुली खपतमा थप कर लाग्ने नियम लागू गरेको छ। यसले गर्दा ग्यास चुलो र इन्डक्शन चुलो प्रयोग गर्दा कति खर्च हुन्छ भनेर धेरैको जिज्ञासा बढेको छ। नेपाल विद्युत् प्राधिकरणका इलेक्ट्रिकल इन्जिनियर प्रकाश बुढाका अनुसार, थप कर लागू भए पनि एलपीजी ग्यासको तुलनामा इन्डक्शन चुलो चलाउने खर्च कम नै पर्छ। यस विषयमा बिजुलीको प्रयोगबाट तिर्नुपर्ने शुल्क कसरी कम गर्ने भन्ने जान्नका लागि सृजना श्रेष्ठले तयार गरेको यो भिडियो अवश्य हेर्नुहोस्।