Skip to main content

वित्तीय क्षेत्रमा ब्याजदरमा १ प्रतिशतभन्दा बढीको गिरावट

चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म वाणिज्य बैंकहरूको औसत आधार दर गत बर्षको तुलनामा घटेर ४.९७ प्रतिशत पुगेको छ। यस अवधिमा विकास बैंकहरूको औसत आधार दर ६.९५ प्रतिशत र वित्त कम्पनीहरूको ७.३० प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ६.७३ प्रतिशत, विकास बैंकहरूको ७.८७ प्रतिशत र वित्त कम्पनीहरूको ९.१४ प्रतिशत कायम छ। २६ जेठ, काठमाडौं।

चालु आर्थिक वर्ष वैशाख मसान्तसम्म वाणिज्य बैंकहरूको औसत आधार दर ४.९७ प्रतिशत रहेको छ। यो ब्याजदर गत आर्थिक वर्ष सोही अवधिको तुलनामा १ प्रतिशतभन्दा बढीले घटेको हो। नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष वाणिज्य बैंकहरूको औसत आधार ब्याजदर ६.१७ प्रतिशत थियो। त्यसैगरी चालु आर्थिक वर्ष वैशाखसम्म विकास बैंकहरूको आधार दर ६.९५ प्रतिशत र वित्त कम्पनीहरूको ७.३० प्रतिशत रहेको छ।

२०८२ वैशाख मसान्तमा विकास बैंकहरूको औसत ब्याजदर ८.२४ प्रतिशत र वित्त कम्पनीहरूको ९.११ प्रतिशत थियो। २०८३ वैशाख मसान्तमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.३५ प्रतिशत, विकास बैंकहरूमा ३.७० र वित्त कम्पनीहरूमा ४.५९ प्रतिशत रहेको छ। २०८२ वैशाख मसान्तमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ४.३७ प्रतिशत, विकास बैंक ५.११ र वित्त कम्पनीहरूको ६.१५ प्रतिशत थियो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ