Skip to main content

कोलम्बियाको प्रभावशाली सुरुवात विश्वकपमा

४ असार, काठमाडौं । दोस्रो हाफमा लुइस डियाजले गरेको निर्णायक गोलले कोलम्बियाले उज्बेकिस्तानलाई ३-१ को तत्पर अन्तरले पराजित गर्दै फिफा विश्वकप २०२६ मा विजयी शुरुवात गरेको छ । मेक्सिकोको ऐतिहासिक अज्टेका स्टेडियममा समूह के अन्तर्गत सम्पन्न खेलमा कोलम्बियाका लागि डानिएल मुनोज, लुइस डियाज र जामिन्टन क्याम्पाजले गोल गरेका थिए । त्यस्तै, विश्वकपमा डेब्यु गर्दै गरेको उज्बेकिस्तानका अब्बोसबेक फेजुल्लाएभले गोल गरेका थिए।
कोलम्बियाका डानिएल मुनोजले खेलको ४०औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। उनले लुइस डियाजको पासमा दक्षतापूर्वक एकै टचमा गोल गरेका थिए। विश्वकप डेब्यु गरिरहेका उज्बेकिस्तानका अब्बोसबेक फेजुल्लाएभले ६०औं मिनेटमा बराबरी गोल प्रहार गरे। उनी फिफा विश्वकपमा उज्बेकिस्तानका लागि गोल गर्ने पहिलो खेलाडी बने।
तर, उज्बेकिस्तानको बराबरी गोल धेरै समय टिक्न सकेन। पाँच मिनेट भित्रै, लुइस डियाजले गोल गर्दै कोलम्बियालाई पुनः २-१ को अग्रता दिलाए। त्यसपछि, दोस्रो हाफको इन्जुरी टाइमको नवौँ मिनेटमा जामिन्टन क्याम्पाजले गोल गर्दै कोलम्बियाको जित ३-१ ले सुनिश्चित गरे। यस जितपछि कोलम्बिया ३ अंकसहित समूह के को शीर्ष स्थानमा पुगेको छ। यसै समूहको अर्को खेलमा पोर्चुगल र डिआर कंगोले १-१ को बराबरी खेलेर अंक बाँडेका थिए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ