Skip to main content

अनेरास्ववियुले कक्षा १२ को नतिजामा त्रुटि सच्याउन राष्ट्रिय परीक्षा बोर्डलाई आग्रह गर्यो

अनेरास्ववियुले कक्षा १२ को नतिजामा देखिएका त्रुटि र पुनः गणना प्रक्रियासँग सम्बन्धित विद्यार्थीहरूले भोगिरहेका समस्याहरूमा राष्ट्रिय परीक्षा बोर्डको ध्यानाकर्षण गराएको छ। संघटनाले नतिजासम्बन्धी गुनासोहरू छिटो छानबिन गरी आवश्यक सुधार गर्न राष्ट्रिय परीक्षा बोर्डसँग जोडदार माग गरेको छ। ७ असार, काठमाडौं।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन भएको कक्षा १२ को परीक्षामा देखिएको त्रुटि र पुनः गणना प्रक्रियामा विद्यार्थीहरूले भोग्नुपरेको कठिनाइप्रति गम्भीर ध्यानाकर्षण व्यक्त गरेको छ। कक्षा १२ को परीक्षाको नतिजामा देखिएका त्रुटिहरू र पुनः गणना प्रक्रियासम्बन्धी विभिन्न गुनासाहरू उठेपछि अनेरास्ववियुले विज्ञप्ति जारी गरी यस विषयमा विशेष ध्यानाकर्षण गराएको हो।

‘परीक्षाको नतिजा विद्यार्थीहरूको शैक्षिक भविष्यसँग सिधा जोडिएको संवेदनशील विषय भएकाले यसले विद्यार्थीहरूमा अन्योल, मानसिक तनाव र भविष्यप्रति असुरक्षा सिर्जना गरेको छ। त्यसैले हामी राष्ट्रिय परीक्षा बोर्डसमक्ष नतिजासम्बन्धी गुनासोहरू छिटो छानबिन गरी आवश्यक सुधार गर्न, पुनः गणना प्रक्रियालाई थप सरल, पारदर्शी र सहुलियतपूर्ण बनाउन जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा उल्लेख गरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ