Skip to main content

फिफाले अखिल नेपाल फुटबल संघलाई निलम्बित गर्यो

फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १६ अनुसार एन्फालाई अर्को सूचना नआएसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको छ। ११ असार, काठमाडौं। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बित गरेको छ। फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १४ अनुसार एन्फालाई अर्को सूचना नआएसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको हो।

यस निर्णयसँगै एन्फाले फिफा विधानको धारा १३ अन्तर्गत प्राप्त सबै सदस्यता अधिकार गुमाएको छ। निलम्बन कायम रहेको अवधिमा एन्फाका प्रतिनिधि टोली तथा क्लब टोलीहरू अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउने छैनन् भनी फिफाले जनाएको छ। साथै, एन्फा वा यसको सम्बन्धित कुनै सदस्य वा पदाधिकारीले फिफा तथा एएफसीद्वारा सञ्चालित विकास कार्यक्रम, तालिम वा प्रशिक्षणबाट लाभ लिन पाउने छैनन्।

निलम्बनपछि नेपालको राष्ट्रिय टोलीदेखि क्लब टोलीसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने छैनन्। फिफा र एएफसीबाट प्राप्त हुँदै आएको आर्थिक सहायता पनि बन्द हुने छ। एन्फा र यसका कुनै पनि अधिकारीहरू फिफा र एएफसीका विकास कार्यक्रमहरूमा सहभागिता जनाउनबाट वञ्चित हुनेछन्। अर्को फिफा कंग्रेस बस्नुअघि फिफा काउन्सिल ब्युरो वा फिफा काउन्सिलले कुनै पनि समयमा यो निलम्बन फुकुवा गर्न सक्ने फिफाले पत्रमा उल्लेख गरेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ