जापानले ब्राजिलविरुद्ध अग्रता बनायो
जापानले ब्राजिलविरुद्ध एक गोलको अग्रता कायम गरेको छ। खेलको २९औं मिनेटमा जापानका लागि काइसु सानोले गोल गरेका छन्। उनले मैदानको बिच भागबाट एक्लै बल अघि बढाउँदै उत्कृष्ट गोल गर्न सफल भएका हुन्। १५ असार, काठमाडौं।
फिफा विश्वकप २०२६ अन्तर्गत राउण्ड अफ ३२ को खेलमा जापानले ब्राजिलविरुद्ध अग्रता बनाएको छ। अमेरिकाको ह्युस्टन स्टेडियममा भइरहेको यस खेलमा सानोले यो पहिलो गोल गरेका हुन्। सानो जर्मनीको मेइन्ज ०५ क्लबबाट खेलिरहेका छन्।