मेक्सिको सिटी स्टेडियममा जारी खेलको ३१औं मिनेटमा मेक्सिकोले दुई गोलको अग्रता लिएको छ। फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ ३२ को खेलमा मेक्सिकोले इक्वेडरविरुद्ध यो अग्रता हासिल गरेको हो। खेलको २१औं मिनेटमा जुलियन क्विनोनेसले गोल गर्दै मेक्सिकोलाई सुरुवाती अग्रता दिलाएका थिए। ३१औं मिनेटमा राउल जिमेनेजले थप एक गोल गर्दै मेक्सिकोको अग्रतालाई दोब्बर बनाएका छन्। १७ असार, काठमाडौं। सहआयोजक मेक्सिकोले फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गतको खेलमा इक्वेडरविरुद्ध दुई गोलको अग्रता लिएको छ।

