Skip to main content

अमेरिकाले बोस्निया–हर्जगोभिनाविरुद्ध दुई गोलको अग्रता कायम गर्यो

सान फ्रान्सिस्को बे एरिया स्टेडियममा जारी खेलको ८२औं मिनेटमा मलिक टिलम्यानले गोल गर्दै अमेरिकालाई दुई गोलको अग्रता दिलाएका छन्। १८ असार, काठमाडौं। सहआयोजक अमेरिकाले फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत बोस्निया तथा हर्जगोभिनाविरुद्धको खेलमा आफ्नो अग्रता दोब्बर बनाएको छ। सान फ्रान्सिस्को बे एरिया स्टेडियममा जारी खेलको ८२औं मिनेटमा मलिक टिलम्यानले गोल गर्दै अमेरिकालाई दुई गोलको अग्रता दिलाएका छन्। टिलम्यानले दिबक्सभन्दा केही बाहिरबाट फ्रीकिकमार्फत प्रहार गरेको बल सिधै बोस्नियाको गोलपोष्टमा छिरेको थियो। यसअघि ४५औं मिनेटमा फोलारिन बालोगुनले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका थिए। अमेरिकालाई पहिलो अग्रता दिलाएका बालोगुन ६४औं मिनेटमा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि अमेरिका १० खेलाडीमा सीमित भएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ