Skip to main content
रविलाई अमेरिकी विशेष दूत गोरको फोन – Online Khabar

रविश लामिछानेलाई अमेरिकाका विशेष दूत सर्जिओ गोर द्वारा फोन


१० चैत, काठमाडौं। संयुक्त राज्य अमेरिकाले हालै सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई प्राप्त जितको लागि बधाई दिएको छ।

दक्षिण तथा मध्य एसियाली मामिलाका लागि अमेरिकी विशेष दूत सर्जिओ गोरले रास्वपाका सभापति रवि लामिछानेलाई टेलिफोन गरी निर्वाचनमा प्राप्त सफलताको लागि बधाई दिएका छन्। नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत दिएको जानकारी अनुसार, गोरले चैत १० गते फोन गरेर बधाई दिएका हुन्।

बधाई सन्देशसँगै अमेरिकाले नेपालमा बन्न लागेको नयाँ सरकारसँग सहकार्य गर्ने इच्छा व्यक्त गरेको छ। दूतावासद्वारा जारी सन्देशमा भनिएको छ, ‘अमेरिका नेपालको नयाँ सरकारसँग सहकार्य गर्दै हाम्रो आर्थिक साझेदारीलाई सुदृढ पार्न र दुई देशबीचको मित्रतालाई अझ गहिरो बनाउन उत्सुक छ।’

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ