Skip to main content

राष्ट्रिय आयोजना बैंकमा ८ हजार ३१० आयोजनाहरू दर्ता

समाचार सारांश समीक्षित सामग्री। राष्ट्रिय योजना आयोगको आयोजना बैंकमा यस वर्ष नयाँ बजेट निर्माण प्रक्रियामा कुल ८ हजार ३१० आयोजनाहरू दर्ता र स्वीकृत भएका छन्। स्वीकृत आयोजनामध्ये ८ हजार १९९ आयोजना १ अर्ब रुपैयाँभन्दा कम लागतका छन् भने १११ आयोजना १ अर्ब रुपैयाँभन्दा बढी लागतका छन्। आयोगले आयोजना बैंक व्यवस्थापन प्रणालीमार्फत आयोजनाहरूको वर्गीकरण, दर्ता र व्यवस्थापनलाई व्यवस्थित तथा चरणबद्ध रूपमा अघि बढाएको जनाएको छ। २८ असार, काठमाडौं। राष्ट्रिय आयोजना बैंकमा ८ हजारभन्दा बढी आयोजनाहरू दर्ता भएका छन्। राष्ट्रिय योजना आयोगका अनुसार नयाँ बजेट निर्माण प्रक्रियामा कुल ८ हजार ३१० आयोजनाहरू दर्ता भएको तथ्यांक प्राप्त भएको छ। यस वर्ष राष्ट्रिय आयोजना बैंक व्यवस्थापन सूचना प्रणालीमार्फत पेश भएका ७ हजार ७७३ अध्ययनसम्बन्धी आयोजना, ४०४ नयाँ आयोजना र १३३ क्रमागत आयोजना गरी कुल ८ हजार ३१० आयोजनाहरू स्वीकृत गरिएको आयोगले जनाएको छ। स्वीकृत आयोजनामध्ये १ अर्ब रुपैयाँभन्दा कम लागत भएका नयाँ तथा क्रमागत आयोजनाहरू ८ हजार १९९ छन् भने १ अर्बभन्दा माथिका १११ आयोजनाहरू प्रणालीमा दर्ता र स्वीकृत भएका छन्। आयोगका अनुसार संघीय निकायबाट पेश गरिएका थप आयोजनाहरूको सामान्य परीक्षण कार्य हाल भइरहेको छ। आयोगले आयोजना बैंक व्यवस्थापन प्रणालीमार्फत आयोजनाहरूको वर्गीकरण, दर्ता र व्यवस्थापनलाई व्यवस्थित र चरणबद्ध रूपमा अघि बढाएको स्पष्ट पारेको छ।