श्वासप्रस्वासको चक्र के हो र राम्रो स्वास्थ्यका लागि यसको हेरचाह कसरी गर्ने

तस्बिर स्रोत, Getty Images
दिनभरि धेरै पटक हामीलाई थाहा नभइ हाम्रो नाकका प्वालहरूले पालैपालो सास तान्ने र छाड्ने काम गरिरहेको हुन्छ।
यसलाई ‘नासिका चक्र’ भनिन्छ र यसले हाम्रो नाकको स्वास्थ्यमा महत्वपूर्ण भूमिका खेल्दछ।
रुघा लाग्दा वा एलर्जी हुँदा नाक बन्द भएर सास फेर्न गाह्रो हुन्छ।
तर यस्तो अवस्था नभए पनि तपाईंले लामो सास तान्दा एकपटकमा नाकको एउटा प्वालबाट मात्र हावा भित्र पसिरहेको हुन्छ।
यो कुनै चिन्ताको विषय होइन, तपाईंले अनुभव गरिरहनुभएको कुरा वास्तवमा शारीरिक रूपमा स्वाभाविक प्रक्रिया हो।
हामी बाँचिरहेका बेला हरेक दुई घण्टामा हाम्रो नाकको प्वालबाट सास भित्रफिर्ता हुने क्रम परिवर्तनमा रहन्छ
विज्ञहरूले बताउँछन्।
तर सुत्दा यस्तो परिवर्तनको दर कम हुन्छ किनभने शरीरभित्र हावाको मात्रा कम हुन्छ।
नासिका चक्र दुई भागमा हुन्छ: एक नाक साँघुरो भएर र अर्को नाक खुल्ने।
सानो नाकबाट हावाको प्रवाह कम हुन्छ भने खुल्ला नाकबाट धेरै हावा प्रवेश हुन्छ।
धेरै हावा भित्र गएको नाकको प्वाल थाक्छ, हावाले त्यसलाई सुक्खा बनाउँछ र यसले कीटाणुलाई बस्न मौका दिन्छ। त्यसैले नाकका प्वालहरूले पालैपालो सास फेर्ने काम गर्छन्।
नाकको यो चक्र स्वचालित छ र मस्तिष्कको हाइपोथालामसले यसलाई नियन्त्रण गर्छ।
तर केही व्यक्तिमा हाइपोथालामसमा समस्या हुँदा यो नासिका चक्र काम गर्दैन।
दायाँ हातप्रधान व्यक्तिमा बायाँ नाकको प्वाल बढी सक्रिय हुने देखिन्छ।
तस्बिर स्रोत, Getty Images
अध्ययनहरूले देखाएका छन्- जब दायाँ नाक सक्रिय हुन्छ शरीर तनाव वा सतर्क अवस्थामा हुन्छ।
जब बायाँ नाक सक्रिय हुन्छ शरीर आराम अवस्थामा हुन्छ।
नासिका चक्रलाई धेरै कारणले महत्त्वपूर्ण मानिन्छ।
पहिलो, यसले नाक र श्वासप्रश्वास प्रणालीको माथिल्लो तहलाई सुरक्षित राख्दछ।
हाम्रो नाकबाट दैनिक १२,००० लिटर हावा भित्रबाहिर हुन्छ, जसले कीटाणुबाट जोगाउँछ।
फरक-फरक नाकका प्वालबाट हावा जानाले नाकलाई आराम मिल्छ र क्षति कम हुन्छ।
नाक हावा सिधा पाउँदा सुक्खा हुन्छ र किटाणुहरू बस्न सक्छन्। त्यसैले हावाको प्रवाहलाई बिउँताउन नाकलाई आराम आवश्यक छ।
नाक बन्द हुँदा नाक भित्रको रक्त प्रवाह बढ्छ र प्वालको सतह मर्मतका लागि भिजिरहन्छ। अनि हावा गर्म र भापयुक्त हुन्छ।
नासिका चक्रको कार्य
नाकको नियमित कार्यलाई धेरै कारकले प्रभावित गर्छन्।
रुघा लाग्दा नाकमा सिँगान धेरै हुन्छ, जसले प्वालहरूलाई समान रूपमा काम गर्नबाट रोक्छ।
परागका कण वा धुलोले नाकका कोषहरूमा गम्भीर सुजन गराउँछन् र यसले नासिका चक्रमा बाधा पुर्याउँछ।
केही औषधिहरू, जस्तै उच्च रक्तचापका औषधिले नाकको सतहमा समस्या ल्याउन सक्छ किनभने यी औषधिहरूले शरीरका विभिन्न कोशिकामा प्रभाव पार्छन्।
नाक बन्दमा प्रयोग हुने औषधि पाँच दिनभन्दा बढी प्रयोग गर्दा राइनाइटिस मेडिकामेन्टोसा हुनसक्छ, जुन औषधिको अधिक प्रयोगबाट नाक बन्द हुने अवस्था हो।
नाक भित्र अचानक सुजन आएमा पनि नासिका चक्र प्रभावित हुन्छ।
नाकभित्रको संरचनाले पनि नासिका चक्रलाई असर पार्छ।
नाकका पोलिपहरूले लगभग ४ प्रतिशत मानिसमा समस्या ल्याउँछन् र यसले नासिका चक्रलाई असर गर्छ।
तस्बिर स्रोत, Getty Images
यस्ले गर्दा दुवै नाकबाट हावा जानमा समस्या आउँछ र नाक बन्द हुन सक्छ।
नाकभित्र कुनै भाग असामान्य भएमा पनि नाक सधैं बन्द हुन सक्छ। यस अवस्थामा श्वासप्रश्वास सजिलो र निन्द्रा गुणस्तरीय बनाउन कहिलेकाहीं शल्यक्रिया आवश्यक पर्छ।
सुत्दा वा झुकेर बस्दा नाकमा हावा जानमा समस्या हुन सक्छ। यसले नाकमा रगत जम्मा गराउन र साइनस तर्फ तल जानबाट रोक्न सक्छ। त्यसले नाक बन्द गराउन सक्छ र हावा जान प्रभावित हुन्छ।
नाक बन्द हुनुको मुख्य कारण सामान्यतया रुघा हो। रुघा लागे दुई हप्ता भित्र खुल्ने सम्भावना हुन्छ। पिनास लागे चार हप्तासम्म समस्या रहन्छ।
परागकणले पनि नाकमा समस्या ल्याउन सक्छ र लक्षण हप्तौं रहन सक्छ। त्यसैले एलर्जीको उपचार गर्दा पनि नाक खुला राख्न सहयोग आवश्यक छ।
यदि तपाईंको नाकको प्वाल दुई हप्ता भन्दा बढी बन्द रह्यो भने डाक्टरको सल्लाह लिनुपर्छ। खासगरी नाकबाट निस्कने सिँगान सामान्यभन्दा फरक भएमा तुरुन्तै परामर्श लिनु गुणकारी हुन्छ।
* एडम टेलर संयुक्त अधिराज्यस्थित ल्याङ्कास्टर विश्वविद्यालयमा एनाटोमी विषयका प्राध्यापक हुन्
*यो लेख मूल अंग्रेजीमा द कन्भरसेशन पत्रिकामा प्रकाशित भएको हो र यहाँ क्रिएटिभ कमन्स लाइसेन्स अन्तर्गत अनुवाद गरी पुनःप्रकाशन गरिएको छ। मूल अंग्रेजी लेख पढ्न यहाँ क्लिक गर्नुहोस्।






