
एसईई उत्तरपुस्तिका परीक्षण परीक्षा केन्द्रमै गर्ने निर्देशन जारी
१८ चैत, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण गर्न परीक्षा केन्द्रमै व्यवस्था गर्न निर्देशन जारी गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको नियुक्ति पश्चात्, उनले एसईईको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन दिएका थिए। प्रधानमन्त्री बालेन शाहसँग परामर्श गरेपछि बोर्डलाई एक महिनाभित्रै नतिजा सार्वजनिक गर्न काम गर्न निर्देशन दिइएको थियो। सोहीअनुसार निर्देशन जारी गरिएको छ।