Skip to main content

गुण्डागर्दीको आरोपमा ‘रेम्बो’ कोर्तु गुरुङ पक्राउ

२३ चैत, काठमाडौं । गुण्डागर्दीको आरोपमा ‘रेम्बो’ उपनामले परिचित कोर्तु गुरुङलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१७, पकनाजोल निवासी ४० वर्षीय गुरुङलाई गत राति ठमेल क्षेत्रमा पक्राउ गरिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले गुरुङको पक्राउको पुष्टि गर्दै उनीमाथि अनुसन्धान जारी रहेको बताएका छन्।