Skip to main content

राजेन्द्र राउत कोशी प्रदेश उद्योग वाणिज्य महासंघको अध्यक्ष पदमा पुनः निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका छन्। राउतले ८४ मतान्तरले नवीन रिजाललाई पराजित गर्दै १४२ मत प्राप्त गरे भने रिजालले ५८ मत पाए। महासंघ कोशी प्रदेश समितिको अध्यक्षबाहेक ४ जना पदाधिकारी र एसोसिएट्स सदस्यहरू निर्विरोध निर्वाचित भएका छन्। २३ चैत, विराटनगर।

विराटनगरमा आइतबार राति सम्पन्न महासंघको ८औं प्रदेशसभाबाट राउतले दोस्रो कार्यकालका लागि निर्वाचन जितेका हुन्। राउतले वस्तुगत तर्फ ११ मत प्राप्त गरेका थिए भने रिजालले ६ मत प्राप्त गरे। जिल्ला–नगर संघबाट राउतले २४ मत पाए भने रिजालले १३ मत मात्र प्राप्त गरेका थिए। एसोसिएट्स तर्फ राउतले १०७ मत ल्याउँदा रिजाल ३९ मतमा सीमित भए।

राउत महासंघ कोशीका संस्थापक सदस्य हुन् र उनको कार्यकालमा प्रदेश कार्यालय भवन निर्माण भइरहेको छ। नयाँ कार्यसमितिका लागि अध्यक्षबाहेक अन्य ४ जना पदाधिकारी निर्विरोध निर्वाचित भएका छन्। उपाध्यक्षमा ऋषिराज तिम्सिना, वस्तुगत तर्फको उपाध्यक्षमा राजन श्रेष्ठ, एसोसिएट्स उपाध्यक्षमा रविनकुमार दाहाल र कोषाध्यक्षमा श्रवणकुमार अग्रवाल निर्विरोध निर्वाचित भएका छन्।