Skip to main content
प्रतिनिधिसभाको नयाँ नियमावली बनाउन मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली

प्रतिनिधिसभाको नयाँ नियमावली तयार पार्न १५ सदस्यीय मस्यौदा समिति गठन, गणेश पराजुली सभापति चुनिएका

२३ चैत, काठमाडौं । प्रतिनिधिसभाको नयाँ नियमावली तयार गर्ने उद्देश्यले मस्यौदा समिति गठन गरिएको छ। सोमबार सम्पन्न प्रतिनिधिसभाको बैठकमा रास्वपाका सांसद कविन्द्र बुर्लाकोटीले प्रस्ताव प्रस्तुत गरेका थिए, जुन सभाले अनुमोदन गर्यो।

संसदमा प्रतिनिधित्व गर्ने सबै पार्टीका सांसदहरूलाई समेटेर १५ सदस्यीय समिति गठन गरिएको छ। समितिको सभापतिमा गणेश पराजुली चयन भएका छन्।

समितिका सदस्यहरूमा ओजस्वी शेरचन, खगेन्द्र सुनार, खुस्बु ओली, गजला समिम मिकरानी, तपेश्वर यादव, ध्रुवराज राई, निशा डाँगी, निश्कल राई, वलावती शर्मा, मधु चौलागाईं, यज्ञमणि न्यौपाने, रेखा कुमारी यादव र सुलभ खरेल रहेका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ