
सभामुख डीपी अर्याल
२४ चैत, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो एक बजेबाट सुरु हुने भएको छ । आजको बैठकमा तीनवटा सम्भावित कार्यसूचीहरू समावेश हुने अपेक्षा गरिएको छ । संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१’, ‘पर्यटन विधेयक, २०८१’ र ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गरिने कार्यसूचीमा रहेका छन् ।





