
नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर किरण पण्डितले २४ चैत, काठमाडौंमा गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्। मन्त्रिपरिषदको बैठकले पण्डितलाई डेपुटी गभर्नरमा नियुक्त गरेको थियो। शपथग्रहण समारोहमा गभर्नर पौडेलले सफल कार्यकालको शुभकामना दिएका थिए।
पण्डितले २ माघ २०६२ मा सहायक निर्देशकको रूपमा सेवा सुरु गरेका थिए। उनले २०६८ मा उप–निर्देशक, २०७४ मा निर्देशक हुँदै १ फागुन २०८१ मा कार्यकारी निर्देशकमा बढुवा भएका थिए। कार्यकारी निर्देशक रहँदा उनले भुक्तानी प्रणाली विभाग र विदेशी विनिमय व्यवस्थापन विभागको नेतृत्व गरेका थिए। केही समय राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी पनि उनले सम्हालेका थिए।





