Skip to main content

चौंथो गोरखा–जितगढी पदयात्रा पाल्पा पुगेको छ

नेपाली सेनाको चौंथो गोरखा–जितगढी पदयात्रामा सहभागी टोली चैत २७ गतेदेखि यात्रा शुरु गरी आज पाल्पा पुगेको छ। टोलीले पाल्पा र स्याङ्जाको सीमा केलादीघाटमा झण्डा हस्तान्तरण गरेको छ। वैशाख ७ गते टोलीले दोभान नुवाकोटगढी देउरालीमा पुगेर जितगढी विजय उत्सवमा सहभागी हुने कार्यक्रम तय भएको छ। २ वैशाख, तानसेन (पाल्पा)।

चौंथो गोरखा–जितगढी पदयात्रामा नेपाली सेनाको टोली पाल्पा आइपुगेको छ। उक्त टोली गोरखा, तनहुँ र स्याङ्जा हुँदै आज पाल्पामा पुगेको हो। टोलीले चैत २७ गतेदेखि पदयात्रा शुरु गरेको थियो। पदयात्रामा आएको सेनाले पाल्पामा तैनाथ बललाई पाल्पा-स्याङ्जा सीमा केलादीघाटमा झण्डा हस्तान्तरण गरेको छ। टोलीलाई आज बिहान भव्य स्वागत गरिएको छ।

स्वागत समारोहमा तनहुँबाट आएको सैनिक टोलीले पाल्पाको रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापालाई झण्डा हस्तान्तरण गरेको थियो। साथै, २ नम्बर राज दल गणका प्रमुख सेनानी अनुप थापाले २२ नम्बर गणका बाहिनी प्रमुख विमलराज शर्मालाई बल्दैचमाको टर्च हस्तान्तरण गर्नुभएको थियो। टोलीलाई पाल्पास्थित नेपाली सेनाको ‘दि फेमस महिन्द्र दल गण’ले केलादीमा स्वागत गरेको हो। यो पदयात्राले ऐतिहासिक महत्वका गढी- किल्ला, युद्धस्थल, पदमार्ग लगायतका धरोहर संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने साथै सैनिक इतिहासको जगेर्ना गर्ने उद्देश्य राखेको छ।