
२ वैशाख, प्युठान । प्युठानमा बुधबार साँझ जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । बिजुवारबाट दाङवांगतर्फ जाँदै गरेको लु १ ज १६६९ नम्बरको जिप ऐरावती–२ देउराली नजिक दुर्घटनामा परेको प्रहरीले बताएको छ । जिपमा जम्मा १३ जना सवार थिए जसमा सात जना घाइते भएका कारण उनीहरुलाई उपचारका लागि बिजुवार लैजान थालिएको छ ।






