
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको सिंहदरबारस्थित कार्यलयमा संसदीय समितिका सभापतिहरूको उम्मेदवार चयन गर्न बैठक सुरु भएको छ। प्रतिनिधिसभा अन्तर्गत १० वटा र संयुक्त दुई वटा समितिका सभापतिको निर्वाचन हुन बाँकी छ भने राष्ट्रिय सभाका विषयगत समितिका सभापतिहरूको निर्वाचन भइसकेको छ। प्रतिनिधिसभाले गत चैत २७ गते विषयगत समितिमा रहेका सदस्यहरू निर्धारण गरेको थियो र सभामुखले आगामी शुक्रबार सभापतिको निर्वाचन मिति तोकेको छन्। ३ वैशाख, काठमाडौं।
संसदीय दलको कार्यलयमा जारी उक्त बैठकमा संसदीय समितिका सभापतिहरूको उम्मेदवार चयन गर्ने कार्यसूची रहेको छ। संघीय संसद अन्तर्गत १६ वटा संसदीय समिति रहेका छन्। प्रतिनिधिसभा अन्तर्गत १० वटा र राष्ट्रिय सभा अन्तर्गत ४ वटा समिति रहेका छन्। साथै दुई वटा संयुक्त समिति पनि छन्। राष्ट्रिय सभा अन्तर्गतका विषयगत समितिका सभापतिहरूको निर्वाचन यस अगाडि नै सम्पन्न भइसकेको छ। प्रतिनिधिसभा अन्तर्गतका १० वटा र संयुक्त दुई वटा समितिका सभापतिको निर्वाचन हुन बाँकी छ। गत चैत २७ गते प्रतिनिधिसभाले विषयगत समितिमा रहने सदस्यहरू निर्धारण गरेको थियो। सोही दिन सभामुख डोलप्रसाद अर्यालले आगामी शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन मिति तोकेका थिए। सम्बन्धित समितिका कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी सोही समितिका एकजना सदस्य प्रस्तावक हुने र अर्को सदस्यको समर्थनमा सभापतिमा दाबी पेश गर्न सक्ने व्यवस्था छ।






