Skip to main content

ई-बिडिङ ह्याक प्रकरणमा थप एकजना पक्राउ, कुल पक्राउ परेका १० पुगे

१२ वैशाख, काठमाडौं । ई–बिडिङ प्रणाली ह्याक प्रकरणमा थप एक जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्ने व्यक्ति चपुर निर्माण सेवा प्रालिका ३२ वर्षीय अमृत बोहरा हुन्। उनी काठमाडौंको टोखा नगरपालिका–४ बानियाटार बस्छन्। केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई पक्राउ गरेको हो। उनीसँगै यस प्रकरणमा पक्राउ परेका व्यक्तिहरुको संख्या १० पुगेको छ। यसअघि राप्रपा नेता विक्रम पाण्डेलाई पनि सीआईबीले यही प्रकरण अन्तर्गत पक्राउ गरेको थियो।

यो समूहले ई–गभर्नमेन्ट प्रोक्युरमेन्ट सिस्टममा अनधिकृत पहुँच प्राप्त गरी ठेक्का विवरणहरूमा हेरफेर गरेको आरोप छ। उनीहरूमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अनुसन्धान भइरहेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयको ई–गभर्नमेन्ट प्रोक्युरमेन्ट सिस्टममा पहुँच प्राप्त गरी ठेक्काका विवरणहरूमा हेरफेर गरी आर्थिक प्रस्ताव खोल्नु अघि नै आर्थिक प्रस्तावका कागजातहरू परिवर्तन गरेको आरोप लागेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ