
नेपाली कांग्रेसले ३९ जनालाई समेटेर केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको विस्तार गरेको छ। उपसभापति विश्वप्रकाश शर्माले विपद् व्यवस्थापन विज्ञ मनबहादुर थापा र परमाणु वैज्ञानिक डा. यादव पण्डितलाई सदस्य नियुक्त गरेको जानकारी दिनुभयो। प्रतिष्ठानमा चलचित्र निर्देशक मीन भाम, कवि श्रवण मुकारुङ, मानवअधिकार अभियन्ता मोहना अन्सारी र पूर्व क्रिकेट कप्तान विनोद दास पनि सदस्य हुन्। २३ वैशाख, काठमाडौँ।
नेपाली कांग्रेसले विभिन्न क्षेत्रका विशेषज्ञहरूलाई समेट्दै केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको विस्तार गरेको छ। उपसभापति विश्वप्रकाश शर्माले ३९ जनालाई प्रशिक्षण प्रतिष्ठानमा नियुक्त गर्दा विभिन्न क्षेत्रका विज्ञहरूलाई पनि समावेश गरेका छन्। उनले विपद् व्यवस्थापन विज्ञदेखि चलचित्र निर्देशकसम्मलाई सदस्य नियुक्त गरेका छन्। उपसभापतिले विपद् व्यवस्थापन विज्ञ मनबहादुर थापालाई प्रतिष्ठानको सदस्य नियुक्त गरेका छन्। थापा कृषी अर्थशास्त्रमा फिलिपिन्सबाट स्नातकोत्तर र प्राकृतिक स्रोत व्यवस्थापनमा अमेरिकाको न्युयोर्कको कर्नेल युनिभर्सिटीबाट पोष्ट ग्राजुएट हुन्। उनीसँग टर्की, जिम्बाबे, श्रीलंका, माल्दिभ्स र भारतलगायतका विभिन्न देशमा विपद् व्यवस्थापनमा काम गरेको अनुभव छ।
त्यस्तै परमाणु वैज्ञानिक डा. यादव पण्डितलाई पनि कांग्रेसको प्रशिक्षण प्रतिष्ठानमा सदस्य मनोनित गरिएको छ। डा. पण्डित अमेरिकाको टेनेसीस्थित वाटसन स्वास्थ्य विज्ञान विश्वविद्यालयमा परमाणु वैज्ञानिकको रूपमा कार्यरत छन्। उनी उपसभापति शर्मा कुँ नेपाल विद्यार्थी संघ (नेविसंघ) का सभापति हुँदा महासचिव रहिसकेका व्यक्ति हुन्। नेपाली चलचित्रका निर्देशक मीन भामलाई पनि कांग्रेसले प्रशिक्षण प्रतिष्ठानको सदस्य बनाएका छन्। उनले निर्देशन र निर्माण गरेको चलचित्र ‘कालो पोथी’ र ‘साम्बला’ ओस्कारसम्म पुगेका थिए।
प्रतिष्ठानमा डोलराज भुसाल र डा. कृष्णप्रसाद पौडेल पनि दोहोरिएका छन्। उनीहरू पूर्व उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा रहेका प्रतिष्ठानका सदस्य थिए। प्रतिष्ठानका सदस्यहरूको नामावली यस प्रकार छ: १. मधु आचार्य — काभ्रेपलाञ्चोक २. डा. गोपाल दहित थारू — बर्दिया ३. अञ्जु झा — रौतहट ४. उमेश श्रेष्ठ — ललितपुर ५. प्रा.डा. गोविन्दराज पोखरेल — प्युठान ६. मीन भाम — मुगु ७. डा. अञ्जनीकुमार झा — महोत्तरी ८. डा. यादव पण्डित — प्रवास ९. बद्री सिग्देल — बर्दिया १०. गोपालप्रसाद पोखरेल — सुनसरी ११. श्रवण मुकारुङ — भोजपुर १२. मोहना अन्सारी — बाँके १३. महेन्द्रप्रसाद यादव — सप्तरी १४. श्रीप्रसाद भलामी मगर — गुल्मी १५. विनोद दास — बारा १६. ई. दिपेश विष्ट — काठमाडौँ १७. डा. कृष्णप्रसाद पौडेल — कास्की १८. प्रकाश लामिछाने — सुर्खेत १९. सूर्यमाराज राई — मोरङ २०. मनबहादुर थापा — चितवन २१. विमला राई — खोटाङ २२. राकेश सिंह — पर्सा २३. नरेन्द्र पासवान — रौतहट २४. दक्ष पौडेल — काठमाडौँ २५. कञ्चन झा — पर्सा २६. सुमित शर्मा ‘समीर’ — धनुषा २७. खगेन्द्र आचार्य — काठमाडौँ २८. डा. डी.बी. सुनार — अछाम २९. रोशनी गिरी — काठमाडौँ ३०. जनक चटौत — डडेल्धुरा ३१. डोलराज भुसाल — स्याङजा ३२. अमृत ज्ञवाली — गुल्मी ३३. एलिजा ढकाल — तनहुँ ३४. प्रकृति भट्टराई — काठमाडौँ ३५. कैलाश के.सी. — सोलुखुम्बु ३६. स्वीकृति पौडेल — काठमाडौँ ३७. उमंग लोहनी — चितवन ३८. गोकुल लिम्बू — ताप्लेजुङ ३९. प्रमेश खनाल — काठमाडौँ






