
गोरुलाई यातना दिने कुमार घर्ती मगरका फेसबुकमा वायरल वीडियो
कुमार घर्ती मगरले फेसबुकमा गोरुलाई यातना दिने भिडियोहरू पोस्ट गर्दै आएका छन् तथा कमेन्टमा सुझाइएका उपायहरू कार्यान्वयन गर्ने गरेको स्वीकार गरेका छन्। फेसबुकको कन्टेन्ट नीति अनुसार पशुपक्षीलाई हानि पुर्याउने, पिट्ने वा क्रूर व्यवहार देखाउने फोटो र भिडियोहरू राख्न मनाईएको छ। फेसबुकले यस प्रकारका कन्टेन्ट र ती कन्टेन्ट हाल्ने खातामा आफ्नो नीतिअनुसार कारबाही गर्न सक्छ। तर, फेसबुकमा भाइरल हुने चासोका कारण अहिले धेरैजसो व्यक्तिहरू यस्ता कार्यहरू गर्न थालेका छन्। यी क्रियाकलापहरूको शिकार अशक्त पशुपक्षीहरू हुन्।
कतिपयले कुकुरलाई मदिरा खुवाएको भिडियो बनाएका छन् भने कसैले जोतिरहेको गोरूलाई यातनाग्रस्त बनाएका छन्। प्यूठानका कुमार घर्ती मगरले बनाएका भिडियोहरूमा देखिन्छ कि उनले बारीमा जोत्ने गोरूलाई यातना दिँदै आएका छन्। एउटा भिडियोमा उनी दुई लठ्ठीको बीचमा गोरुको पुच्छर राखेर च्याप्छन्। अर्को भिडियोमा गोरुको शरीरभरि माटो लगाएका छन्। त्यस्तै अर्को भिडियोमा गोरुको नाक पूर्ण रूपमा बन्द गरी श्वासप्रश्वास रोक्ने गरेको देखिन्छ।
पोस्ट गरेका भिडियोहरूमा देखिन्छ कि उनको गोरु जोत्ने बेलामा थतरबित छ। तिने यस्तै अवस्थाको भिडियोहरू फेसबुकमा सेयर गर्दै आएका छन्। भिडियो हेरिरहेका प्रयोगकर्ताहरू कमेन्टमा गोरुलाई कसरी नियन्त्रण गर्ने भनेर विभिन्न उपायहरू सुझाएका छन्। ती सुझाव अनुसार नै उनले अवोध गोरुलाई सजाय दिने गरेको आफैंले स्वीकार गरेका छन्। उनले गोरुसँग क्रूर व्यवहार गरिरहेको स्पष्ट देखिन्छ। उनका यी भिडियोहरूमा धेरै भ्युज आउँछन्। जस्तै, गोरुको शरीरभरि माटो लगाएको भिडियोमा १० लाखभन्दा बढी भ्युज देखिएको छ।
पशु अधिकारकर्मीहरूले उनकी यी क्रियाकलापहरू गैरकानुनी रहेको बताएका छन्। वरिष्ठ अधिवक्ता पदमबहादुर श्रेष्ठका अनुसार, कुनै व्यक्तिले पशुपक्षीलाई दु:ख दिँदा प्रचलित कानुन अनुसार कडा कारबाही हुन सक्छ। पशु क्रूरता निवारण ऐन, २०७३ अनुसार, पशुपक्षीलाई क्रूर व्यवहार, यातना वा अनावश्यक पीडा दिने व्यक्तिलाई तीन महिनासम्मको कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुन सक्ने व्यवस्था छ।