Skip to main content

पाँचथरमा लिम्बु साहित्यका १२ पुस्तकहरू एकसाथ लोकार्पण

पाँचथरको फिदिममा लिम्बु भाषामा लेखिएका १२ वटा साहित्यिक कृतिहरूको सामूहिक लोकार्पण गरिएको छ। किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष गोविन्द आङबुङले मातृभाषा साहित्यले इतिहास र सांस्कृतिक स्मृतिलाई जीवन्त राख्न मद्दत गर्ने बताए। याक्थुङ प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा लक्ष्मीकुमार सेर्मा, नरेन्द्रराज केरुङ, भीम कुरुम्बाङ लगायतका सात लेखकका कृति विमोचन भएका छन्। २८ वैशाख, पाँचथर।

लिम्बु भाषामा लेखिएका १२ वटा साहित्यिक पुस्तकहरूको लोकार्पण गरिएको छ। पाँचथरको सदरमुकाम फिदिममा ‘याक्थुङ साहित्यको सिन्थेसिस’ नामक कार्यक्रम मार्फत सात जना लेखकका १२ कृतिहरू एकैसाथ लोकार्पण गरिएका हुन्। कार्यक्रममा किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष गोविन्द आङबुङले सामूहिक लोकार्पण गर्दै मातृभाषा साहित्यले इतिहास, अस्तित्व र सांस्कृतिक स्मृतिलाई जीवित राख्ने बताए।

लक्ष्मीकुमार सेर्माको मुन्धुम ग्रन्थ ‘युमा?साम्माङ–थेबा? साम्माङ थान्छिङमा मुन्धुम’, नरेन्द्रराज केरुङको कविता सङ्ग्रह ‘चो?लुङबा लाङगाङहा’, भीम कुरुम्बाङको ‘थाङबेन्’, पुष्पहाङ लोवाको ‘मिराक्को केभेक्पा फुङ’, योगी एल.वि. नेम्बाङको निबन्ध ‘मुयेङ केएप्पा याप्मिहा’, मचिन्द्र लोवा ‘सेमी’को गजल ‘पक्कन्दी’ विमोचन गरिएको थियो।

यस्तै, सागर केरुङका ६ वटा कृतिहरू विमोचन भए। ‘मुन्चइत्–हेन्जिला’, ‘मुक्सी नु परिक्हा’, ‘थङ’, ‘सिलाम्साक्मा’, ‘आबु साम्लो–हेन्जिला’, ‘मुक्सी नु परिक्हा’, ‘याक्थुङ पाङ–पाङवाइला’ र बालगीत सङ्ग्रह ‘फुङ’ सार्वजनिक गरिए। पुस्तक प्रकाशनलाई भाषा–संस्कृति संरक्षण र मातृभाषा साहित्य पुनर्जागरणसँग जोडिएको महत्वपूर्ण अभियानका रूपमा लिनुभएको छ। कार्यक्रम याक्थुङ प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको थियो।