Skip to main content

कञ्चनपुर वितरण प्रमुख महेन्द्रकुमार दासविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीस्थित कञ्चनपुर वितरण केन्द्रका प्रमुख महेन्द्रकुमार दासविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनमाथि चार्जिङ स्टेशनका लागि ट्रान्सफर्मर राखी विद्युत लाइन छाडिदिने भन्दै १ लाख ४० हजार रुपैयाँ घुस लिएको आरोप लागेको छ। अख्तियारले जनाएको छ कि उनले सेवाग्राहीसँग घुस रकमका लागि बार्गेनिङ गरेर नदिएमा लाइन काटिदिने धम्की दिँदै उक्त रकम लिएको पुष्टि भएको छ।

२८ वैशाख, काठमाडौं। नेपाल विद्युत प्राधिकरण सप्तरीस्थित कञ्चनपुर वितरण केन्द्रका प्रमुख महेन्द्रकुमार दासविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो। चार्जिङ स्टेशनको लागि विद्युत लाइन छाडिदिने क्रममा घुस लिएको आरोपमा मुद्दा चलाइएको हो। अख्तियारको दाबी अनुसार उनले १ लाख ४० हजार रुपैयाँ घुस लिएका छन्।

अख्तियारले भनेका छन्, “चार्जिङ स्टेशन सञ्चालन गर्न विद्युत लाइन छाडिदिनु पर्ने काम नियमअनुसार सम्पन्न भएपछि, सेवाग्राहीसँग घुस रकमको बार्गेनिङ गरी नदिएमा लाइन काटिदिने धम्की दिँदै १ लाख ४० हजार रुपैयाँ लिएको प्रमाणित भएकोले उनलाई भ्रष्टाचार निवारण ऐन बमोजिम बिगो र जरिवाना सजाय हुन माग गर्दै आज आरोपपत्र दायर गरिएको छ।”