Skip to main content

फिफा विश्वकप २०२६ सुरु हुन एक महिना बाँकी, सम्पूर्ण जानकारी यहाँ

यसपटक तीन देशले विश्वकप आयोजना गर्नेछन्। अहिलेसम्मकै धेरै ४८ टोलीले विश्वकप खेल्ने छन्। ३९ दिनसम्म चल्ने विश्वकपमा कुल १०४ खेल हुनेछ। फिफा विश्वकप २०२६ जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, क्यानडा र मेक्सिकोमा सञ्चालन हुँदैछ। ४८ टोलीको सहभागिता रहेको विश्वकपमा कुल १०४ खेल हुनेछन्। समूह चरणमा मात्रै ७२ खेल हुनेछ। विश्वकपको उद्घाटन खेल मेक्सिको सिटीको अज्टेका रंगशालामा हुने छ भने फाइनल न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा हुनेछ। २८ वैशाख, काठमाडौं। फिफा विश्वकप २०२६ सुरु हुन अब एक महिना बाँकी छ। विश्व फुटबलको महाकुम्भको रुपमा रहेको यस विश्वकपको खासै चर्चा अहिलेसम्म देखिएको छैन। पश्चिम एसियामा जारी युद्धको प्रभाव, इरानले विश्वकप नखेल्ने संकेत तथा अमेरिकामा फरक टाइमजोनमा खेल हुने भएकाले विश्वकपको उत्साह पूर्ण रूपमा महसुस भएको छैन। तथापि, यस पटकको विश्वकप अब धेरैनै ठूलो हुनेछ। एकैपटक तीन देशले यो अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्दैछन्। अहिलेसम्मकै धेरै, ४८ टोली विश्वकप खेल्ने छन्। ३९ दिन लामो प्रतियोगितामा कुल १०४ खेल सञ्चालन गरिने छ। बढी टोली भएका कारण विश्वकपमा नकआउट चरणमा एक अतिरिक्त चरण थपिएको छ। उद्घाटन खेल मेक्सिकोमा हुनेछ भने फाइनल अमेरिकामा हुनेछ।

फिफा विश्वकप २०२६ यस पटक उत्तर अमेरिका महादेशका तीन राष्ट्र – अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्नेछन्। प्रतियोगिता जुन ११ देखि जुलाई १९ सम्म चल्नेछ। आयोजक राष्ट्रको रूपमा यी तीन देश स्वत: विश्वकपमा छनोट भएका छन्। विश्वकपका खेलहरू अमेरिकाका ११, मेक्सिकोका ३ र क्यानडाका २ गरी कूल १६ शहरका स्टेडियममा आयोजना गरिनेछन्। विश्वकपको उद्घाटन खेल मेक्सिको सिटीस्थित प्रसिद्ध अज्टेका रंगशालामा हुनेछ भने फाइनल खेल न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा जुलाई १९ मा हुनेछ।

यस पटक विश्वकपमा चार नयाँ टोलीहरूको पनि उपस्थिति छ। एसियाबाट जोर्डन र उज्बेकिस्तान, अफ्रिकाबाट केप भर्डे र उत्तर तथा मध्य अमेरिकाबाट कुराकाओ पहिलो पटक विश्वकपमा छनोट भएका हुन्। यी चारै टोलीले आफ्नो महादेशको छनोट चरण पार गर्दै विश्वकपमा स्थान बनाएका हुन्। अहिलेसम्मका विश्वकप विजेता टोलीमध्ये सबैभन्दा पुरानो विजेता सन् १९२४ मा उरुग्वे हो। २२ संस्करण पूरा भइसकेका फिफा विश्वकपमा ८ राष्ट्रलाई उपाधि मिलेको छ, जसमा युरोपका ५ राष्ट्र र दक्षिण अमेरिकाका ३ राष्ट्रले उपाधि जितेका छन्।