Skip to main content
काठमाडौंको शंखमुल र बुद्धनगर क्षेत्रमा आज ५ घण्टा विद्युत् आपूर्ति बन्द हुने

काठमाडौंको शंखमुल र बुद्धनगर क्षेत्रमा आज ५ घण्टे विद्युत् अवरोध

८ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका अन्तर्गत शंखमुल फिडर क्षेत्रहरूमा आज दिउँसो करिब पाँच घण्टासम्म विद्युत् आपूर्ति अवरुद्ध रहनेछ। शंखमुल फिडर अन्तर्गत पर्ने दोभान पुल, श्रीनगर मार्ग, बागमती बुद्ध विहार, शंखमुल पुल क्षेत्र, रोजबड स्कुल, भृगु मार्ग र रुद्रमती मार्गमा विद्युत् आपूर्ति बन्द रहने जानकारी दिइएको छ।

नेपाल विद्युत् प्राधिकरणले आज बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने सूचित गरेको छ। प्राधिकरणको भनाइ अनुसार, हाल शंखमुल फिडर क्षेत्रको विद्युत् वितरण प्रणाली भूमिगत गर्ने कार्य भइरहेको हुँदा विद्युत् आपूर्ति बन्द गर्ने निर्णय गरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ