
समाचार सारांश राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ को घटनामा ओली, लेखक र गुरुङलाई मानव अधिकार उल्लंघनकर्ताका रूपमा किटान गरेको छ। आयोगले कारागारबाट कैदीबन्दी बाहिर पठाउने कार्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई शंकाको दायरामा राखी सुक्ष्म अनुसन्धान गर्न सिफारिश गरेको छ। सदस्य लिली थापाको संयोजकत्वमा गठित समितिले बुधबार घटनाको विस्तृत छानबिन प्रतिवेदन सार्वजनिक गरेको हो। १३ जेठ, काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ को प्रदर्शनमा भएको दमन र भोलिपल्टको घटनाबारे छानबिन गरी प्रतिवेदन सार्वजनिक गरेको छ। आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा भदौ २३ र २४ को घटनामा मानव अधिकार उल्लंघनका विषयमा अनुसन्धान गर्न समिति गठन गरिएको थियो। उक्त समितिले बुधबार प्रतिवेदन सार्वजनिक गरेको हो। समितिको प्रतिवेदनका आधारमा आयोगले त्यसबेला सरकारको नेतृत्वमा रहेका ओली, लेखक र गुरुङलाई मानव अधिकार उल्लंघनकर्ताका रूपमा किटान गरेको छ। आन्दोलनका क्रममा कारागारबाट कैदीबन्दी बाहिर पठाउने कार्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने संलग्न भएको किटानी गर्दै उनलाई शंकाको दायरामा राखी सुक्ष्म अनुसन्धान गर्न सिफारिस गरिएको छ। यस्तो छ आयोगको प्रतिवेदन:

