संस्कृत विश्वविद्यालयको उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिव पदका लागि आवेदन आह्वान

नेपाल संस्कृत विश्वविद्यालयको रिक्त उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिव पदमा नियुक्तिका लागि आवेदन माग गरिएको छ। पदाधिकारी सिफारिश गर्न गठन गरिएको छनोट तथा सिफारिश समितिले १० दिनको समय दिँदै बुधबार आवेदन आह्वान गरेको छ। अध्यादेशमार्फत पदाधिकारी पदमुक्त भएपछि कार्यविधि, २०८३ अनुसार नयाँ पदाधिकारी चयन प्रक्रिया अघि बढाइएको हो। १३ जेठ, काठमाडौं। नेपाल संस्कृत विश्वविद्यालयको रिक्त उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिव पदहरूमा नियुक्तिका लागि आवेदन खुल्ला गरिएको छ। नाम सिफारिश गर्न गठित छनोट तथा सिफारिश समितिले १० दिनभित्र दरखास्त पेस गर्न बुधबार आह्वान गरेको हो। यो आवेदन आह्वान कार्यविधि, २०८३ अनुसार गरिएको हो। अधिकारीहरू अध्यादेशमार्फत पदमुक्त भएसँगै नयाँ पदाधिकारी चयन प्रक्रिया अगाडि बढाइएको हो।

