Skip to main content

नासा: चन्द्रमामा स्थायी मानव शिविर निर्माणको योजना सार्वजनिक

अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले चन्द्रमामा मानिस बस्न मिल्ने स्थायी शिविर निर्माण गर्ने योजनाको रूपरेखा सार्वजनिक गरेको छ। नासाले सन् २०३२ भित्र यस योजनालाई पूरा गर्ने लक्ष्य राखेको जनाएको छ। नासा प्रमुख ज्यारड आइज्याक्मनका अनुसार अमेरिका पुन: चन्द्रमामा फर्किने मात्र होइन, यस पटक त्यहीँ स्थायी रूपमा बस्ने छ।

एप्रिल महिनामा आर्टमिस २ मिशन सफल भएपछि नासाले चन्द्रमामा स्थायी शिविर निर्माण गर्ने घोषणा गरेको हो। नासाले बनाउन लागेको स्थायी शिविर अमेरिकालाई चन्द्रमामा वैज्ञानिक अनुसन्धान गर्न, मूल्यवान् पदार्थहरू उत्खनन गर्न र मङ्गल ग्रहको भविष्यको यात्रालाई सहज बनाउन सहयोगी हुने अपेक्षा गरिएको छ।