
रास्वपाले महाधिवेशनका लागि मूल आयोजक समिति गठन गर्यो
राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेको नेतृत्वमा पहिलो महाधिवेशनको लागि मूल आयोजक समिति गठन गरेको छ। पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार समितिमा केन्द्रीय समितिका सबै सदस्य र प्रदेश सभापतिहरू रहेका छन्।
मूल आयोजक समितिमा डा. स्वर्णिम वाग्ले, विराजभक्त श्रेष्ठ, सोविता गौतम र शिशिर खनाल लगायतका नेताहरू चयन भएका छन्। १७ जेठ, काठमाडौंमा भएको कार्यक्रममा पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले समितिको गठनको जानकारी दिएका थिए।
समितिका सदस्यहरूमा सभापति रवि लामिछाने, डा. स्वर्णिम वाग्ले, कविन्द्र बुर्लाकोटी, भुपदेव साह, विपिन कुमार आचार्य, लिमा अधिकारी, वसुमाया तमाङ, मनिष झा, विराजभक्त श्रेष्ठ, दीपकराज बोहरा, गणेश पराजुली, सोविता गौतम, शिशिर खनाल, हरि ढकाल, सरिता ज्ञवाली, सागर ढकाल लगायतका सबै केन्द्रीय समितिका सदस्य र सबै प्रदेश सभापतिहरू रहेका छन्।