
उच्च तापक्रमको समयमा दिनभर जोतेको कारण थाकेको गोरु हलो तान्न सकिरहेको थिएन। शारीरिक रुपमा कमजोर भएकाले गोरु चल्न सक्दैनथ्यो तर त्यसको बाबजुद उसलाई लाठीले प्रहार भइरह थियो। कमजोर शरीरका कारण खुट्टा हल्लाउन नसकेपछि गोरु थाकेर भुइँमा लड्यो। त्यसपछि पनि गोरुलाई कुनै राहत प्राप्त भएन। जोत्ने व्यक्तिले त्यस गोरुको अगाडिको मुख खोली खाल्डो खनेर त्यसमा गोरुको मुख छामेर माटोले पुरिदिए। साँस फेर्न समेत कठिन अवस्थामा रहेको गोरुका लागि यो अमानवीय व्यवहार कति पीडादायी भयो होला? यस्तो क्रूर व्यवहार गर्ने व्यक्ति प्युठानका स्थानीय जालीराम थापामगर हुन्, जसले यो घटना भिडियोमा कैद गरी सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।
उनको प्रोफाइलमा स्थायी घर प्युठान उल्लेख छ। जोति गर्ने क्रममा थाकेको गोरुमाथि जालीराम थापामगरले किन यस्तो काम गरे भन्ने कुरा भिडियोमा स्पष्ट छैन। तर तस्वीरसँग जोडिएको क्याप्सनमा उल्लेख छ, ‘एआईलाई सोधेर सिकौं भनेको टावर भए पो।’ हालसालै सामाजिक सञ्जालमा भाइरल बनाउने उद्देश्यले पशुहरूमाथि विभिन्न प्रकारका क्रूर व्यवहारका घटना धेरै देखिन्छन्। फेसबुक र टिकटकमा यस्ता घटनाले धेरै मानिसको ध्यान आकर्षित गर्दै आएका छन्।
कहिले कुकुरलाई मद्यपान गराइने, कहिले गोरुको यौनाङ्गमा लाठी प्रहार गर्ने, कहिले बाँदरलाई जेलमा राखेर कुकुरले टोक्ने दृश्यहरू देखिन्छन्। यस्ता पशु क्रूरताविरुद्ध प्रभावकारी कानूनी कारबाही अहिले सम्म गरिएको छैन्। केही समयअगाडि मात्र नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत गर्मी मौसममा पशु संरक्षणमा सचेत रहन आग्रह गरेको थियो। विशेष गरी मध्य गर्मीको समयमा जोत्ने, घाममा बाँध्ने वा भारी बोकेर काम लगाउने जस्ता क्रियाकलाप नगर्न आग्रह गरिएको थियो।
यो घटना प्युठानमा भएको हो र दोषी व्यक्ति जालीराम थापामगर हुन्। सम्भावित कानूनी कारबाही के हुन सक्छ? मुलुकी अपराध संहिता २०७५ अनुसार जनावरमाथि निर्दयी वा क्रूरतापूर्ण व्यवहार गर्नु अपराध हो। बिरामी वा बृद्ध घरपालुवा कुकुरलाई सडकमा छोड्नु पनि अपराध मानिन्छ। यस्ता कुनै पनि किसिमको हिंसा भएमा तुरुन्त प्रहरीमा उजुरी गर्न सकिन्छ। यस्तो अपमानजनक व्यवहार गर्नेलाई तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना हुन सक्छ। पशु क्रूरता निवारण ऐन, २०७३ अनुसार पनि पशुलाई यातना दिने वा अत्याचार गर्नेलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना या दुवै सजाय हुने प्रावधान छ। यदि पशुलाई क्रूरतापूर्वक हत्या गरिएको रहेमा सजाय अझ कडा हुन सक्छ, जसमा दुवै जरिवाना र कैद सजाय समावेश हुनसक्छ, पशु हितमा कार्यरत अधिकारिवृन्द श्रेष्ठले बताएका छन्।






