

इरानी विदेशमन्त्री भन्छन्- सैन्य आक्रमण र प्रतिबन्धले युद्ध अन्त्य हुँदैन


इरानका विदेशमन्त्री अब्बास अराघचीले सैन्य आक्रमण वा प्रतिबन्ध थप्दैमा युद्ध अन्त्य नहुने बताएका छन्। युद्ध अन्त्य गर्न सम्मानको भाषा प्रयोग गर्नुपर्ने उनको भनाइ छ। इरानको सरकारी समाचार संस्था इरनालाई दिएको अन्तर्वार्तामा अराघचीले अमेरिकालाई इरानका माग र सर्त पूरा गर्न आग्रह गरेका छन्। उनले इरानले प्रस्तुत गरेको दुईदिने योजनामा समावेश सर्तहरू अझै पनि वार्ताका लागि खुला रहेको बताए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा आफ्नो कुनै पनि उद्देश्य हासिल नगरेको र हासिल गर्न पनि नसक्ने कुरा धेरैअघि नै बुझ्नुपर्ने अराघचीको भनाइ छ। अमेरिकाको मध्यावधि निर्वाचनमा ट्रम्पको दलले बेहोरेको पराजयको प्रसंग उल्लेख गर्दै उनले अमेरिकी जनताले इरानसँगको युद्धको विरोध गरेको र इजरायलको समर्थनमा अमेरिकालाई निरन्तर युद्धमा सहभागी गराउन नचाहेको सन्देश ट्रम्पले बुझ्नुपर्ने बताए। अराघचीले प्रतिबन्ध र आर्थिक दबावको बाटो गलत भएको महसुस गर्न ट्रम्पलाई धेरै समय नलाग्ने पनि टिप्पणी गरेका छन्।

सम्बन्धित खबर









