Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

एनभिडियाका सीईओका गतिविधिले सेयर मूल्यमा ठूलो गिरावट

Advertisement800×200-1

चिनियाँ महिलासँगको निकटताबारे अमेरिकी आरोपपछि एनभिडियाका सीईओ जेन्सेन ह्वाङसँग जोडिएको विवादले कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। दुई सातामा एनभिडियाको सेयर २१७ अमेरिकी डलरबाट १७८ डलरमा झरेको छ, र सोमबार ४.३ प्रतिशत घट्दा बजार पूँजीकरण १ खर्ब ९० अर्ब डलर गुमेको छ। अमेरिकी अधिकारीहरूले एलिस ह्वाङमार्फत प्रतिबन्धित चिप चीनसम्म पुगेको हुन सक्ने आशंकामा अनुसन्धान गरिरहेका छन्, तर आरोप पुष्टि भएका छैनन्। २४ कात्तिक, काठमाडौं।

अमेरिकी प्रविधि (चिप निर्माता) कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन ह्वाङको गतिविधिलाई लिएर कम्पनीको सेयर मूल्यमा भारी गिरावट आएको छ। एक चिनियाँ महिलासँग ह्वाङले व्यक्तिगत निकटता बढाइरहेको तर ती महिला चिनियाँ गुप्तचर निकायको सहयोगी भएर अमेरिकाको ‘जासुसी’ कार्यमा संलग्न भएको अमेरिकाले आरोप लगाइरहेको छ। ह्वाङको व्यक्तिगत गतिविधि र यसले कम्पनीलाई असर पर्ने भएसँगै सेयर मूल्यमा झन् ठूलो पहिरो झरेको हो।

पहिलेदेखि नै टेक कम्पनीहरूको सेयर मूल्य घट्दै आए पनि पछिल्लो पटक एनभिडियाको मूल्यमा ठूलो असर देखिएको छ। करिब दुई साताअघि ह्वाङको ती महिलासँगको निकटताबारे चर्चा भएको थियो। दुई साता अवधिमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता २ सय १७ अमेरिकी डलरबाट १ सय ७८ डलरमा झरेको छ। यो अवधिमा कम्पनीको मूल्य करिब १८ प्रतिशत झरेको हो। यद्यपि, कम्पनीको मूल्य अघिल्ला सातादेखि नै झरिरहेको छ। विगत एक महिनामा एनभिडियाको सेयर मूल्य ४७ प्रतिशत घटिसकेको छ।

कम्पनीका ठूला निर्णय ह्वाङ आफैंले लिने गरेका छन्, उनलाई सञ्चालक समितिले हटाए कम्पनीलाई झन् असर पर्ने हुँदा लगानीकर्ता कम्पनीप्रति निराश देखिएका छन्। अमेरिकी प्रविधि कम्पनी नै चिनियाँ गुप्तचर निकायका लागि काम गरेको आशंकाले कम्पनीलाई विवादमा तानेको हो। अमेरिकी सञ्चारमाध्यम द न्युयोर्क टाइम्सले गत अक्टोबर अन्त्यतिर ह्वाङ र एलिस ह्वाङ नामकी चिनियाँ व्यवसायी महिलाबीच निकट सम्बन्ध रहेको र अमेरिकी गुप्तचर निकायले ती महिलालाई चीनका लागि सूचना संकलन गर्ने व्यक्तिका रूपमा पहिचान गरेको दाबी सार्वजनिक गरेको थियो।


Advertisementadv-800×200.png

सम्बन्धित खबर