गत भदौ महिनामा आएको भोटेकोशी-त्रिशूली बाढीले घरधनीहरू सँगसँगै भाडामा बस्ने धेरै मानिसहरूलाई पनि प्रभावित बनाएको छ। बाढीले घरभाडामा बस्नेहरूको खानेकुरादेखि लत्ताकपडा र आधारभूत आवश्यकता परिपूर्तिका साधनहरू समेत बगाएको छ। कतिपयको बस्ने बास छैन भने कतिपयको आफ्नै जग्गाजमिन पनि नभएको बताइन्छ।
यस अवस्थामा सरकारले दिने राहत भाडामा बसेकाहरूको निम्ति कस्तो छ? र तिनको व्यवस्थापन कसरी गरिँदै छ? यस विषयमा ‘बीबीसी हातेमालो’का लागि मनिका विश्वकर्माले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सूचना अधिकारी रामबहादुर केसीसँग कुराकानी गरेकी छन्।