
चेक रिपब्लिकले आगामी फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ। टोलीको कप्तानी अनुभवी मिडफिल्डर तोमस सोउसेकले गर्नेछन्। ३१ वर्षीय सोउसेक टोलीका सबैभन्दा अनुभवी खेलाडी मानिन्छन्। टोलीमा व्लादिमिर कोउफाल, लाडिस्लाव क्रेज्ची, हुगो सोचुरेक र पाट्रिक शिक जस्ता प्रमुख खेलाडीहरू समावेश छन्। चेक रिपब्लिक सन् २००६ पछि पहिलो पटक विश्वकपमा फर्किएको हो।
चेक रिपब्लिकको टोली समूह ‘ए’ मा रहेको छ र पहिलो खेल जुन १२ मा दक्षिण कोरिया विरुद्ध खेल्नेछ। त्यसपछि जुन १८ मा दक्षिण अफ्रिका र अन्तिम खेल जुन २५ मा सह–आयोजक मेक्सिकोसँग प्रतिस्पर्धा गर्नेछ। चेक रिपब्लिकको टोलीमा गोलकिपरका रूपमा लुकास होर्निचेक, मातेय कोभार र जिन्द्रिच स्टानेक रहेका छन्। डिफेन्डरमा व्लादिमिर कोउफाल, डेविड डोडेरा, तोमास होलेस, रोबिन हरानाक, स्टेपान चालोउपेक, डेविड जुरासेक, लाडिस्लाव क्रेज्ची, यारोस्लाव जेलेनी र डेविड जिमा छन्। मिडफिल्डरमा लुकास चेर्भ, व्लादिमिर डारिदा, लुकास प्रोभोड, मिचाल सादिलेके, हुगो सोचुरेक, अलेक्जान्द्र सोयका, तोमास सोउसेक, पावेल सुच र डेनिस भिसिन्स्की रहेका छन्। फरवार्डमा आदम होलजेक, तोमास चोर्ही, मोयमिर च्यतिल, जान कुच्ता र पाट्रिक शिक छन्।






