कृषिमन्त्री गिता चौधरीद्वारा बाहुनडाँगीका हात्ती पीडितलाई दीर्घकालीन समाधान दिने आश्वासन

कृषि, वन तथा वातावरण मन्त्री गिता चौधरीले झापाको बाहुनडाँगीस्थित हात्ती प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेकी छिन्। उनले मानव–हात्ती द्वन्द्वको दीर्घकालीन समाधान तथा पीडित किसानलाई क्षतिपूर्तिको व्यवस्था गर्न सरकार उच्च प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरिन्।
मन्त्री चौधरी मेचीनगर नगरपालिका–१ र ४ अन्तर्गत पर्ने बाहुनडाँगीको वास्तविक अवस्था बुझ्न झापा पुग्नुभएको हो। निरीक्षणको क्रममा स्थानीयले जंगली हात्तीले बथान गाउँ भित्र पस्दै मकै, सुपारी लगायत अन्नबाली र नगदबालीमा दैनिक ठूलो क्षति पुर्याइरहेको गुनासो मन्त्रीलाई सुनाए।
स्थानीयको गुनासो र पीडा सुनेपछि मन्त्री चौधरीले हात्ती नियन्त्रण र नागरिकको जीवन तथा सम्पत्तिको सुरक्षाका लागि सम्बन्धित सबै निकायसँग तुरुन्त समन्वय गर्ने आश्वासन दिइन्। उनले मानव र हात्तीबीचको द्वन्द्व दीर्घकालीन रूपमा समाधान गर्न संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको उल्लेख गरिन्।






