Skip to main content

पहिलो हाफमा स्पेनले १-० को अग्रता कायम राख्यो

पहिलो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा एलेक्स बाएनाले फ्रीकिक बारमा लाग्ने प्रहार गर्दा स्पेनले अग्रता दोब्बर पार्ने अवसर गुमायो। त्यही रिबाउन्डमा लामिन यमालले प्रहार गर्दा गोलकिपर अलेजान्डर स्लागाले उत्कृष्ट बचाउ गरेका छन्। १८ असार, काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत राउण्ड अफ ३२ को खेलमा स्पेनले अस्ट्रिया विरुद्ध पहिलो हाफमा १-० को अग्रता बनाएको छ। मिकेल ओयाजाबाले स्पेनका लागि पहिलो हाफमा एक मात्र गोल गरे। लस एन्जल्स स्टेडियममा जारी खेलमा ओयाजाबाले ३६औं मिनेटमा गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए। उनले मार्क कुकुरेलाको पासमा गोल गरेका हुन्। सन् २०१० को विश्वकप फाइनलमा आन्द्रेस इनेस्टाले नेदरल्याण्ड्स विरुद्ध गरेको गोलपछि विश्वकपको नकआउट चरणमा गोल गर्ने पहिलो स्पेनी खेलाडी मिकेल ओयाजाबाल बनेका छन्।

स्पेनले सुरुदेखि नै अस्ट्रियामाथि निरन्तर आक्रमण गरेर गोल गर्ने प्रयास गरिरहेको थियो। पहिलो हाफमा धेरै अवसर सिर्जना भए पनि स्पेनले केवल एक गोल मात्र गर्न सफल भयो। अस्ट्रियाका गोलकिपर अलेजान्डर स्लागाले केही उत्कृष्ट बचाउहरू गरेका थिए। २९औं मिनेटमा स्पेनका मार्क कुकुरेलाको गरेको गोल रेफ्रीले मान्यता दिएनन्, किनभने स्पेनका खेलाडीहरूले अस्ट्रियाका गोलकिपरलाई अवरोध पुर्‍याएको कारण। ओयाजाबाले ३३औं मिनेटमा गरेको प्रहार पनि स्लागाले बचाएका थिए। अस्ट्रियाका डिफेन्डरहरूले स्पेनका युवा स्टार लामिन यमाललाई कडा निगरानीमा राखेका छन्। पहिलो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा एलेक्स बाएनाको फ्रीकिक बारमा लागेको प्रहार फर्केपछि स्पेनले अग्रता दोब्बर पार्ने मौका गुमायो। त्यही रिबाउन्डमा यमालले गरेको प्रहार पनि स्लागाले बचाए। पहिलो हाफमा अस्ट्रियाका गोलकिपर स्लागाले उत्कृष्ट प्रदर्शन गर्दै चारपटक गोल रोक्न सफल भएका छन्।