Skip to main content

अर्नवले क्लाइम्बिङ एसिया यूथ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने

अर्नवमान शेरचन विश्व क्लाइम्बिङ एसिया यूथ च्याम्पियनसिपमा सहभागिता जनाउन आइतबार चीनको गुइयान फर्कदैछन्। भदौ ५ देखि ९ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा उनले लिड र बोल्डर विधामा प्रतिस्पर्धा गर्ने नेपाल क्लाइम्बिङ स्पोर्ट संघका महासचिव सन्तोष मादेनले जानकारी दिएका छन्।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले शुक्रबार एक कार्यक्रमका बीच खेलाडी शेरचनलाई बिदाइ गरेका छन्। अर्नवको यो प्रतियोगितामा सहभागिता नेपालका लागि महत्वपूर्ण मानिएको छ।