Skip to main content

जापानी एजुकेसन ग्रुपको फुटसल प्रतियोगितामा न्यु होराइजनले जित्यो उपाधि

जापानी एजुकेसन ग्रुपको पहिलो संस्करणको फुटसल प्रतियोगितामा न्यु होराइजन माइग्रेसनल एन्ड एजुकेसन प्रालि विजेता बनेको छ। बुढानीलकण्ठस्थित कपअन स्पोर्ट्स सेन्टरमा सम्पन्न फाइनल खेलमा न्यु होराइजनले तिरुपाती एचआर सोलुसनलाई ६–० गोल अन्तरले सहज रुपमा पराजित गर्‍यो। प्रतियोगितामा युकिगुनी एजुकेसनल कन्सल्टेन्सीले तेस्रो स्थान हासिल गरे भने अनमोल राई सर्वोत्कृष्ट गोलकिपर र निखिल ढुङ्गाना सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्।

प्रतियोगितामा न्यु होराइजनका सुदीप लिम्बूले ह्याट्रिक पूरा गरे भने टीका मगर र अनमोल राईले एक-एक गोल थपेर टिमलाई सहज जित दिलाए। युकिगुनीले तेस्रो स्थानको खेलमा लोमस अब्रोड स्टडी प्रालिलाई ६–० ले पराजित गर्‍यो। प्रतियोगिताको बेस्ट गोलकिपर अनमोल राई र बेस्ट प्लेयर निखिल ढुङ्गानालाई जापानी एजुकेसन ग्रुपका संयोजक रूपसिंह तामाङले ट्रफी हस्तान्तरण गरे।

विजेता न्यु होराइजनले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो भने उपविजेता तिरुपाती एचआरले ७५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्‍यो। युकिगुनीले तेस्रो स्थानमा ५० हजार रुपैयाँ पुरस्कार पायो। प्रतियोगितामा जम्मा १० टोली सहभागी थिए र यसलाई नकआउट नभई दुई समूहमा विभाजित गरि लिग प्रणालीमा सम्पन्न गरिएको थियो।