Skip to main content

ब्रिटिश मोडल कलेजको असाधारण नतिजा: ७ जना विद्यार्थीले ए स्टार र ३३ जनाले ए ग्रेड प्राप्त गरे

ब्रिटिश मोडल कलेजले क्याम्ब्रिज इन्टरनेसनल एएस एण्ड ए लेवल जुन २०२६ परीक्षामा १०६ मध्ये ९४ प्रतिशत उत्तीर्ण दरसहित उत्कृष्ट नतिजा प्राप्त गरेको छ। परीक्षामा सहभागी ७ जना विद्यार्थीले सबै विषयमा ए स्टार र ३३ जना विद्यार्थीले सबै विषयमा ए ग्रेड हासिल गरेका छन्।

ब्रिटिश एजुकेसन ग्रुपका हेड अफ स्कुल्स राजनकुमार राईले यो सफलता विद्यार्थीको अथक परिश्रम, शिक्षकको समर्पित मार्गदर्शन र अभिभावकको सधैं सहयोगको संयुक्त प्रयासको परिणाम भएको बताए। उनले भने, “यो उपलब्धि ब्रिटिश मोडल कलेज मात्र नभई समग्र ब्रिटिश एजुकेसन ग्रुपका लागि पनि गर्वको क्षण हो।”

कलेजले विद्यार्थीहरूको लामो मेहनत, शिक्षकहरूको प्रभावकारी निर्देशन र अभिभावकहरूको निरन्तर समर्थनले उत्कृष्ट नतिजा हासिल गर्न मद्दत पुगेको जनाएको छ। ए लेवलको अध्ययन पूरा गरेका विद्यार्थीहरूका लागि यो नतिजा उच्चशिक्षामा प्रवेश गर्ने क्रममा एउटा महत्वपूर्ण माइलस्टोन साबित भएको छ। कलेजले उत्कृष्ट नतिजा ल्याउने सबै विद्यार्थीलाई हार्दिक बधाई दिँदै, शिक्षक, अभिभावक र सम्पूर्ण विद्यालय समुदायप्रति आभार व्यक्त गरेको छ।