
बर्दियाका रामप्रसाद थारु भदौ १० को बाढीमा मैलुङ जलविद्युत आयोजनामा बगे पनि किनारामा पुगेर बाँच्न सफल भए। थारुले बाढी आएको सूचना पाएपछि भाग्दा आफूलाई छालले डुबाएर तल लगेको र होस आएपछि लेदोबाट आफैं निस्किएको बताए। उनी हेलिकप्टरमार्फत काठमाडौं ल्याइएका छन् र खुट्टा, टाउको तथा पेटका घाउको उपचार जारी रहेको छ। बर्दियाको बारबर्दिया-१ जोडिपुरका ३५ वर्षिय रामप्रसाद थारु मैलुङ जलविद्युत आयोजनामा कार्यरत थिए। भदौ १० मा आएको बाढीमा उनी बगे पनि कसरी भने किनारामा पुगेर ज्यान बचाउन सके। अहिले उनी उपचाररत छन्।
उनले त्यो भयानक क्षणका अनुभव अनलाइनखबरसँग यसरी सुनाए : भदौ १० गते बाढी आउँदा तपाईं कहाँ हुनुहुन्थ्यो ? हाम्रो नाइट ड्युटी थियो। रातको ड्युटी सकेर बिहान आएँ, नास्ता गरेर सुतिरहेको थिएँ। त्यसपछि बाढी आउँदैछ भन्ने जानकारी पाएँ। म भाग्न लागेँ। हाम्रो कोठामा दुई जना थियौं। अर्को एक जना साथी ड्युटीमा थिए। उहाँ आएर भन्नुभयो, ‘बाढी आइरहेको छ, भागौँ।’ त्यसपछि हामी त्यहाँबाट भाग्न थाल्यौं। भाग्दै माथिल्लो सडकसम्म आइपुगेका थियौं। म सडकभन्दा अलि माथि पुगेको थिएँ। त्यहाँबाट बाढीले मलाई डुबायो र तल लग्यो, कति तलसम्म थाहा भएन।
जब होसमा आएँ, म आफैं लेदोबाट निस्किएको थिएँ। अलिकति माथि गएको थिएँ। पहाडमा चढेर माथि पुगेँ। होसमा आएपछि आसपासमा कोही थिए ? त्यहाँ कोही थिएन। जब होसमा आएँ, म आफैं लेदोबाट निस्किएको थिएँ। फेरि ठूलो बाढी आएर फेरि बगाउला भनेर माथि चढें। मेरो आवाज सुनेर आर्मीलाई थाहा भयो र उनीहरू आए। गोताखोरले उद्धार गरेको भन्ने कुरा छ, त्यो के हो ? मलाई थाहा छ आर्मी थिए। मेरो आवाज सुनेर चार, पाँच जना आर्मी आए। सशस्त्र प्रहरीका एक जनाले नदीबाट तानेर उद्धार गरेको भन्ने कुरा छ, थाहा छ ? त्यस्तो थाहा छैन। म आफैं लेदोबाट बाहिर निस्किएको हुँ।
त्यतिसम्म कोही थिएन। ल्यादोबाट बाहिर निस्केपछि माथि गयो र त्यहाँ आर्मी–पुलिस भेट्नुभयो ? हो, मभन्दा माथि आर्मीहरू थिए। ‘बचाऊ, बचाऊ’ भनेँ। चिसोले कापिरहेको थिएँ। चार, पाँच जना आएर मलाई त्यहाँ बसेर सुरक्षितदेखा। पछि ‘हेलिकप्टर बोलाइदिन्छौं’ भने। केही बेरपछि हेलिकप्टर आयो। त्यहाँबाट कहाँ लगे भन्ने थाहा भएन। आँखा नदेख्दा पनि आवाज सुन्थेँ। शरीर र अनुहारमा माटोले भरिएको थियो। माटो कहिँ धोएर गए ? माथिल्लो मुख धोएको थाहा छैन। कपडा थिएन, भेस्ट मात्र थियो। आर्मीले झोलाबाट कट्टु निकालेर लगाइदिए। हेलिकप्टरले कहाँ लग्यो ? त्यही दिन अस्पताल लगे जस्तो लाग्छ। केहीबेरमा होस आयो। त्यसपछि काठमाडौं भनेर आवाज सुने। रातै काठमाडौं ल्याएको भन्ने सुन्नेहरू छन्। अहिले स्वास्थ्य अवस्था कस्तो छ ? अझै धेरै घाउ छन्, निको भएका छैनन्। खुट्टाको घाउ ठूलो छ। टाउको र पेटमा पनि घाउ छ। पेट अझै दुख्छ। पहिलेभन्दा अलि राम्रो भएँ। कहिले घर जानुहुन्छ ? अस्पतालबाट आज डिस्चार्ज गर्ने भनिएको छ। तर घर जान्नँ। घाउहरू निको भएका छैनन्। क्याम्पमै बस्ने भनिएको छ। कति समयदेखि मैलुङमा काम गर्नुहुन्थ्यो ? ठ्याक्कै एक वर्ष पुग्यो आउजाउ गरेर। पोहोर साल साउनमा आएको थिएँ। माघमा घर गएँ, फेरि आएँ। जेठमा घर गएर रोपाइँ सकेर साउनमै फर्किएको थिएँ। त्यो साउनमा आएर मात्र एक महिना भयो।






