Skip to main content

भारतीय वायुसेनाका २९ औं प्रमुखमा अशुतोष दीक्षित नियुक्ति

भारत सरकारले भारतीय वायुसेनाको २९ औं प्रमुखको रूपमा एयर मार्शल अशुतोष दीक्षितलाई नियुक्त गरेको छ। उनी अहिले वायुसेनाका उपप्रमुखको रूपमा कार्यरत छन्। रक्षा मन्त्रालयले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत यस जानकारी सार्वजनिक गरेको हो। एयर मार्शल दीक्षित ३१ अक्टोबरदेखि एयर चीफ मार्शल अमरप्रीत सिंहको स्थानमा भारतीय वायुसेनाको नेतृत्व सम्हाल्नेछन्। एयर चीफ मार्शल अमरप्रीत सिंह सोही दिनबाट अवकास लिनेछन्।

एयर मार्शल दीक्षित प्रायोगिक परीक्षण पाइलट तथा योग्यताप्राप्त उडान प्रशिक्षक हुन्। उनीसँग ३ हजार ५ सय घण्टाभन्दा बढी उडान अनुभव रहेको छ। आफ्नो करियरमा उनले विभिन्न महत्वपूर्ण जिम्मेवारीहरू सम्हालेका छन्, जसमध्ये चिफ अफ इन्टिग्रेटेड स्टाफ कमिटी टु द चेयरम्यान, मुख्यालय इन्टिग्रेटेड डिफेन्स स्टाफ, र एयर अफिसर कमान्डिङ इन चीफ, सेन्ट्रल एयर कमाण्ड लगायतका भूमिकाहरू समावेश छन्।