Skip to main content

ओमान ए टिमले नेपालविरुद्ध अभ्यास खेलमा १६० रनमा अलआउट

२१ असोज, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको श्रृंखलाको तयारीका लागि ओमानमा रहेको नेपाली क्रिकेट टोलीले ओमान ए टिमविरुद्ध पहिलो अभ्यास खेलमा १६१ रनको लक्ष्य पाएको छ। ओमान क्रिकेट एकेडेमी टर्फ २ मा टस हारेर पहिले ब्याटिङ गरेको ओमान ए टिम ३९.५ ओभरमा १६० रनमा अलआउट भयो। कप्तान हम्माद मिर्जाले सर्वाधिक ५४ रन बनाए भने जिक्रिया इस्लामले ३५ र सन्जु सजीवले ३४ रन बनाए।

नेपालका खेलाडी नन्दन यादवले ५ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए। करण केसी र सन्दीप लामिछानेले २-२ विकेट लिए भने गुल्शन झा, ललित राजवंशी र शाहब आलमले १-१ विकेट लिए। आगामी साताबाट ओमानमा नेपाल, ओमान र क्यानडाबीच लिग २ अन्तर्गत ओडीआई श्रृंखला सुरु हुँदैछ।