Skip to main content
Advertisementxtreme adv

ट्रम्पले अमेरिकी मध्यावधि चुनावअघि इरानमाथि आक्रमण नगर्ने प्रतिबद्धता जनाए

२३ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बर ३ मा हुने अमेरिकी मध्यावधि चुनावअघि इरानमाथि कुनै आक्रमण नगर्ने बताएका छन्। उनले इरानसँगको वार्ता सकारात्मक रूपमा अघि बढिरहेको भन्दै, चुनावअघि आक्रमण नगर्ने स्पष्ट प्रतिबद्धता जनाएका छन्। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत् उक्त जानकारी दिएका हुन्। ‘अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि चुनावअघि कुनै पनि समयमा इरानमाथि आक्रमण गर्ने छैनौं,’ ट्रम्पले लेखेका छन्।

इरानमाथिको नाकाबन्दी भने पूर्ण रूपमा कायम रहने र इरानले परमाणु हतियार प्राप्त गर्न नपाउने कुरा पनि उनले दोहोर्‍याएका छन्। राष्ट्रपति ट्रम्पले स्ट्रेट अफ होर्मुजबाट ठूलो मात्रामा तेल ढुवानी भइरहेको उल्लेख गरेका छन्। उनको दाबी अनुसार, एकै रातमा २ करोड २० लाख ब्यारेल तेल उक्त मार्गबाट पारिएको छ। यसअघि अमेरिका र इजरायलले सन् २०२६ फेब्रुअरी २८ मा ‘अपरेसन फ्युरी’ अन्तर्गत इरानमाथि आक्रमण गरेको थियो। सो आक्रमणमा इरानका सर्वोच्च कमाण्डर आयोतुल्लाह अलि खामेनी लगायतका वरिष्ठ अधिकारीहरू मारिएका थिए। त्यसयता अमेरिका–इजरायल र इरानबीच तनावपूर्ण सम्बन्ध कायम छ। साथै, इरान र ओमानबीच पर्ने साँघुरो समुद्री मार्ग स्ट्रेट अफ होर्मुजबाट इन्धन ढुवानी प्रभावित भएको छ। स्ट्रेट अफ होर्मुजले फारसको खाडीलाई ओमानको खाडी हुँदै अरब सागरसँग जोड्छ।