Skip to main content
Advertisementxtreme adv

सोनाम वाङ्चुकले भारत सरकारलाई २४ घण्टे अल्टिमेटम दिएका छन्

भारतीय शिक्षा तथा पर्यावरण अभियन्ता सोनाम वाङ्चुकले हिरासतमा रहेका व्यक्तिहरूलाई तुरुन्त रिहा गर्न भारत सरकारसँग माग गरिन्। शनिबार इन्स्टाग्राममा प्रकाशित भिडियोमा उनले यो आग्रह राखिन्। ‘केही समयअघि फर्किएपछि आज दिल्लीमा धेरै व्यक्तिहरू पक्राउ परेको सुनेँ,’ उनले भिडियो वक्तव्यमा भनिन्, ‘पक्राउ पर्नेहरूमध्ये विद्यार्थी नेता, युवा नेता, वकिल, पत्रकार र सांसदसमेत छन्।’ उनले थपिन्, ‘हिजोसम्म विश्वकै सबैभन्दा ठूलो लोकतन्त्रमा शान्तिपूर्ण प्रदर्शनको अनुमति दिइने विश्वास थियो। तर अहिले देशभर अघोषित आपतकाल लागू भएको जस्तो अवस्था देखिन थालेको छ।’

वाङ्चुकले सरकारलाई २४ घण्टाभित्र पक्राउ परेकाहरूलाई रिहा नगरे आगामी दिनमा उनी शान्तिपूर्ण प्रदर्शनमा उत्रने चेतावनी दिइन्। उनले धर्ना, अनशन वा पदयात्राबाट कुनै पनि माध्यमले विरोध प्रदर्शन गर्न सक्ने बताइन्। उक्त प्रदर्शन दिल्ली वा लेहमध्ये जुनसुकै स्थानमा हुनसक्ने उनको भनाइ छ। नयाँ दिल्लीमा भारतीय मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै ककरोच जनता पार्टी(सीजेपी)ले आजदेखि प्रदर्शन आह्वान गरेको छ। यसलाई दबाउन भारत सरकारले व्यापक धरपकड थालेको छ। वाङ्चुकको यो बयान त्यसैविरुद्ध आएको हो।